Monday, November 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा अनधिकृत प्रेम सम्बन्ध खुल्ने डरले श्रीमतीले गरिन् श्रीमान्को हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८३
in समाचार
0
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

180
SHARES
Share on FacebookShare on Twitter

मोरङ : गोप्य राखिएको प्रेम सम्बन्ध बाहिरिने डरले मोरङको जहदामा एक व्यक्तिको ज्यान गएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ ।

श्रीमती र उनका प्रेमी (भारतीय नागरिक) मिलेर योजनाबद्ध रूपमा श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मृत्यु हुनेमा जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् । प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे उनको टाउकोमा फलामको रड प्रहार गरिएको थियो । गम्भीर चोट लागेका सोरेनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारस्थित कटिहार निवासी २७ वर्षीय सुनील मिश्रलाई नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका अनुसार कमली र सुनीलबीच प्रेम सम्बन्ध रहेको र त्यसबारे बुधरामले जानकारी पाएपछि दुवैले मिलेर उनको हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनालगत्तै प्रहरीले सुनीललाई घटनास्थलबाटै पक्राउ गरेको थियो । फरार भएकी कमलीलाई भने सोमबार (आज) बिहान करिब ७ः३० बजे घरबाट एक किलोमिटर पश्चिमतर्फ खेतमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको फलामको रडसमेत बरामद गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।

प्रहरीले घटनालाई योजनाबद्ध हत्या हुन सक्ने आशंकामा थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरिएको छ ।

मुलुकी देवानी संहिता, २०७४ को व्यवस्थाअनुसार पति र पत्नीबीच आपसी प्रेम, सद्भाव र सम्मान कायम राख्दै सँगै बस्नुपर्ने दायित्व हुन्छ । कुनै पनि सदस्यले आफ्नो जीवनसाथी बाहेक अन्य व्यक्तिसँग अनधिकृत सम्बन्ध राखेमा त्यो कानूनी रूपमा सम्बन्ध विच्छेदको प्रमुख आधार बन्न सक्ने संहिताले औँल्याएको छ ।

Tags: #मोरङ#हत्याअनधिकृत प्रेम सम्बन्धअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान
समाचार

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

by माधव पोख्रेल
कार्तिक २३, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबारीहरु करिब ११ हजारमध्ये ४३ घर...

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन
FEATURE BREAKING

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

by नवीन गड्तौला
कार्तिक २३, २०८३
0

सुनसरी : परम्परागत खेती किसानीभन्दा केही अलग र नयाँ गरेर पनि आर्थिक समृद्धिको शिखर चुम्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका...

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

कार्तिक २२, २०८३
साँझपख गुलजार बन्छ धरान

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

कार्तिक २२, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक २२, २०८३
भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

कार्तिक २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

कार्तिक २३, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

मोरङमा अनधिकृत प्रेम सम्बन्ध खुल्ने डरले श्रीमतीले गरिन् श्रीमान्को हत्या

कार्तिक २३, २०८३
ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

ड्रागन फ्रुटबाट बदलिएको रामेश्वरको जीवन

कार्तिक २३, २०८३
यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

कार्तिक २२, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1031 shares
    Share 412 Tweet 258
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    382 shares
    Share 153 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    335 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन