इटहरी : इटहरी वडा नं. ११ का सुरज मगरको परिवारलाई आर्थिक सहयोग जुटेको छ । छालाको क्यान्सरबाट पीडित २८ वर्षीय मगरको परिवारलाई युथ अफ खनारले सहयोग हस्तान्तरण गरेको हो ।
पीडितको घरमै पुगेर ग्याँसचुल्हो तथा खाद्यान्न सामग्री वितरण गरेको हो । ग्याँसचुल्हो, सिलिण्डर, २५ केजी चामल, दाल, तेल, नुन, साबुन, सोयाबिन, प्याज, पाँच आलु जस्ता खाद्यान्न तथा घरायसी सामाग्री सहयोगस्वरुप हस्तान्तरण गरिएको संस्थाका संयोजक पिन्टु साहले बताए ।
संस्थाका सहसंयोजक जेनिश दाहालले भने, ‘हामीले उहाँको बारेमा जानकारी पाए लगत्तै अनुगमनका आएका थियौँ, त्यसपश्चात् लगत्तै आवश्यक पर्ने सामग्री वितरण गरेका हौं ।’
पीडित मगरकी श्रीमती चन्द्रकला मगरले अहिले लकडाउनको समयमा खाद्यान्न लगायतका सामाग्री सहयोगस्वरुप आउँदा प्रफुल्ल रहेको बताइन् ।
उनले अब आफ्ना श्रीमानको सहज तरिकाले उपचार गर्न पाए आफू खुशी हुने बताइन् ।














Discussion about this post