तरहरा : समावेशी हातेमालो परोपकार केन्द्र सुनसरीले कोरोना संक्रमितहरुलाई निःशुल्क उपचार गर्ने भएको छ ।
परोपकार केन्द्र सुनसरीका अध्यक्ष अनुप सुब्बाका अनुसार जिल्लाबासीहरुलाई कोरोना पोजेटिभ भएको अवस्थामा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको नोबेल अस्पतालमा उपचार गराउन सक्नेछन् । उपचारबापतको सबै खर्च परोपकार केन्द्रले व्यहोर्ने सुब्बाले बताए ।
उनले भने, ‘बढ्दै गएको कोरोना महामारी न्यूनीकरणका लागि हामीले यो अभियान सञ्चालन गरेका हौँ, त्यसका लागि पाँचवटा निःशुल्क एम्बुलेन्स समेत तयारी अवस्थामा राखेका छौँ ।’ जिल्लाबासीका लागि पाँचवटा एम्बुलेन्स समेत निःशुल्क प्रयोगका लागि दिने उनले बताए ।
कोभिड सम्बन्धी सबै उपचार गर्नका लागि अस्पतालसँग पनि आवश्यक समन्वय गरेको उनले बताए । उनका अनुसार केन्द्रले इटहरी २० तरहरादेखि जिल्लाका सबै सार्वजनिक स्थल तथा संक्रमितको घरघरमा गएर सेनिटाइज कार्यक्रम समेत आयोजना गरिएको छ ।
‘हामीले विपन्न वर्गका लागि निःशुल्क एम्बुलेन्स र उपचार वापत लागेको खर्च व्यहोर्ने छौँ, सुब्बाले भने, ‘सरकारले विपन्न नागरिकहरुको उपचारका लागि उदासिन देखाइरहेको अवस्थामा हामीले उपचार गर्न लागेका हौँ ।’












Discussion about this post