इटहरी / डेक्स : सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ का २८ बर्षीय सिताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो ।
बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरे संगै ईलाका प्रहरी कार्यालय सोताङबाट गएको प्रहरी टोलीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
यसैगरी उदयपुरको कटारी नगरपालिका ८ मरुवाखानी बस्ने २९ बर्षीया गिता बि क को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । बुधवार साँझ मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा बि क को घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post