इटहरी : सुनसरीको कोशी गाउँपालिका ८ मा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ ।
बिहीबार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भइ मोरङको सुन्दरहरैँचा बस्ने ४० वर्षीय एक पुरुषको सकुशल उद्धार गरिएको हो । उनको नाम गोप्य राखिएको छ ।
प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उद्धार गरिएका पुरुषलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा ल्याइएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post