धरान :सवारी ज्यान मुद्दामा फरार रहेका इलाम देउमाई नगरपालिका ३ रक्से घर भई हाल धरान १५ बस्दै आएका मिङ्मा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
एक महिनाअघि पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका अभियुक्तलाई मंगलबार पक्राउ गरेको धरान प्रहरीले जनाएको छ ।
उनले गत वैशाख २० गते धरान ८ स्थित कोशी राजमार्गमा पैदलयात्री सहलमान राईलाई ठक्कर दिई फरार रहेका थिए । शेर्पाले चलाएको मे ७ प ५९९१ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिई फरार रहेका थिए ।














Discussion about this post