Friday, August 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीकी उपमेयरले दादागिरी शैलीमा पसल बन्द गराएको आरोप, सबै औषधी पसल अनिश्चितकालका लागि बन्द

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०७८
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
3.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आफूखुशी ज्यादती गर्दै औषधी पसल शिल गरेको आरोप लगाउँदै औषधी व्यवसायीहरु आन्दोलित बनेका छन् ।

बुधबार उपमेयर गौतमको ठाडो निर्देशनमा कर शाखाका कर्मचारीसहित नगरप्रहरीले इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरी यहाँको सामुदायिक अस्पताल, कलश फार्मेशी र एरभ मेडिस्कोलाई शिल गरेको थियो । औषधी पसलेले आफूखुशी औषधीको नाम केरमेट गरेर बिक्री गरेको आरोप लगाएर शिल गरिएलगत्तै इटहरीका सबै औषधी व्यवसायीहरु आन्दोलित बनेका हुन् ।

‘हिजो अनुगमनको नाममा औषधी विज्ञलाई नै नल्याइकन उपमेयरले दादागिरी शैलीमा पसल बन्द गराएको अवस्था छ, हामी यसको घोर भत्र्सना गर्दछौँ,’ औषधी व्यवसायी संघ सुनसरीका उपाध्यक्ष प्रभातकुमार श्रेष्ठले भने, ‘औषधी सम्बन्धी जानकारी नै नभएका व्यक्तिहरु आएर औषधी पसल बन्द गराइएको छ, उचित कारण नदेखाइकन पसल बन्द गराइनु हदैसम्मको ज्यादती हो ।’

कोरोना महामारीको समयमा समेत ज्यानको प्रवाह नगरी सेवा दिइरहेको समयमा बजार अनुगमनको नाममा ज्यादती गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले बिहीबारदेखि अनश्चितकालका लागि औषधी पसल बन्द गरेका छन् । ‘आजदेखि हामीले अनिश्चितकालका लागि इटहरीका सबै औषधी पसल बन्द गर्ने निर्णय गरेका छौँ,’ श्रेष्ठले टाकुरासँग भने, ‘नगरपालिकाको स्वास्थ्य शाखाबाट पनि कोही आएको अवस्था छैन, यसको सबै दोष उपमेयर नै हो ।’

बिहीबार बिहान उद्योग बाणिज्य संघ इटहरी, उपभोक्ता मञ्च इटहरी, औषधी व्यवसायी संघ सुनसरीको बैठक बसेपनि यकिन निर्णय नआएपछि अनिश्चितकालका औषधी पसल बन्द गरिएको व्यवसायीहरुले जनाएका छन् ।

‘जबरजस्ती दादागिरी शैलीमा बन्द गराइएको अवस्था छ, जनमानसमा औषधी पसलबाट अमर्यादित छन् भन्ने गलत सन्देश दिनका लागि उपमेयरको प्रोप्रोगाण्डा हो,’ आक्रोशमिश्रित रुपमा श्रेष्ठले भने, औषधी व्यवस्था विभागबाट कोही पनि मान्छे नल्याइकन औषधी पसल बन्द गर्न मिल्छ ?‘

बसेर समस्याको समाधान गर्नका लागि पहल गरिएपनि उपमेयर गौतमले ‘सबै मै हो’ भन्ने किसिमको जवाफ आएकोप्रति उनको आपत्ति थियो ।

यो समाचार तयार पार्दासम्म उपमहानगर परिसरमा उवासंघ इटहरी र औषधी व्यवसायीका प्रतिनिधिहरुबीच छलफल भइरहेको व्यवसायीहरुले बताएका छन् ।

यो पनि – औषधीको नाम केरमेट गरेर बिक्री गरिएपछि इटहरीका तीनवटा पसल शिल, औषधी व्यवसायीको आपत्ति

Tags: #इटहरी#लक्ष्मी गौतमटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.