सुन्दरहरैँचा : मोरङ सुन्दरहरैँचा नगरपालिका ६ डिपुचोकबाट लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा ५ का २६ वर्षीय गोपाल बिश्वकर्मा रहेका छन् ।
लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post