Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

अर्जुन उप्रेती by अर्जुन उप्रेती
जेष्ठ ३०, २०८३
in टाकुरा विशेष, पर्यावरण, विचार
0
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा
70
SHARES
Share on FacebookShare on Twitter

संसारको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर पुग्नु पनि संसारभरका मानिसहरूको सपना हुन्छ । तर, नेपालमा संसारलाई चकित पार्ने त्यस्ता मानिसहरू छन्, जसले संसारको सबैभन्दा अग्लो भूभाग, संसारको शिर सगरमाथाको ३१ र ३२ पटक आरोहण गरिसकेका छन् ।

उनीहरूले सन् २०२६ को मे १७ मा गरिएको आरोहणले सगरमाथामा चुम्बकजस्तै टाँसिन सक्ने मनिसको रूपमा नेपाली शेर्पा कामिरिता र पासाङ दावा शेर्पा चिनिएका छन् ।

ल्हाक्पा शेर्पाले सन् २०२६ को स्पिङ सिजनमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा धेरै पटक सगरमाथा चढ्नेमध्ये दोस्रो स्थानमा आफ्नो नाम दर्ज गरेका छन् भने कामिरिता शेर्पाले संसारका साढे आठ अर्ब मानिसमा आफू एकमात्र ३२ पटक सगरमाथाको सफल आरोहण गर्ने व्यक्तिको रूपमा आफूलाई उभ्याएका छन् ।

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा (एभरेस्ट अर्थात चोमोलुङ्मा) समुद्री सतहबाट ८,८४८.८ मिटर (२९,०३२ फिट) उचाइमा रहेको यो हिमाल को शिखरमा सफलतापूर्वक सबैभन्दा धेरै पटक पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गरेका छन् ।

कीर्तिमानी ५६ वर्षीय कामिरिता शेर्पाले यस वर्ष ३२औँ पटक सगरमाथाको सफल आरोहण पूरा गर्दै सन् १९९४ मा २४ वर्षको उमेरमा पहिलो पटकसगरमाथा चढेको स्मरण गर्छन् ।

उनको कीर्तिमानलाई पछ्याउने नजिकका प्रतिस्पर्धी अर्का नेपाली मार्गदर्शक पासाङ दावा शेर्पा हुन् । उनले यस वर्ष मे महिनामा दुईपटक सगरमाथा आरोहण गर्दै आफ्नो कुल सगरमाथा आरोहणको संख्या ३१ पटक पुर्याउन सफल भई दोस्रो सबैभन्दा बढी आरोहण गर्ने किर्तीमानी बनाएका हुन् ।

त्यस्तै महिला तर्फबाट ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथाको शिखर चुमेर आफ्नै १० औँ पटकको सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमानी तोडेकी छन् । बिहान ९ः३० बजे शिखरमा पुगेकी ल्हाक्पाले पहिलो चोटी सन् २००० मा सगरमाथा आरोहणको सुरुवात गरेको स्मरण गरेकी छन् ।

उनका अन्य नौ आरोहणहरू, जसमध्ये पछिल्लो सन् २०२२ मा भएको थियो– सबै चीनको तिब्बततर्फको उत्तरी मार्गबाट भएका थिए । वास्तवमा, सगरमाथाको छैटौँ सफल आरोहणपछि उनले पर्वतारोहणबाट अवकाश लिएकी थिइन् । तर, १० वर्षको विश्रामपछि सन् २०१६ मा पुनः फर्किएर उनले थप पाँच सफल आरोहण गरिन् ।

सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पुग्ने महिला भए पनि ल्हाक्पाले कहिल्यै आत्मसन्तुष्ट बन्न दिएकी छैनन् ।

सगरमाथा आरोहणमा हिमाललाई नजिकबाट नियालेकी ल्हाक्पाले आफ्नो हिमाल प्रतिको धारणा यसरी राखेकी छन् ।

‘हरेक पटक म फरक आरोहीलाई मार्गदर्शन गरिरहेकी हुन्छु, त्यसैले प्रत्येक अनुभव फरक लाग्छ । बरफ निकै पग्लिएको छ, विशेषगरी साउथ कोलजस्ता क्षेत्रमा । हिमाल परिवर्तन भएको छ । तर मेरो सोच भने उस्तै छ । म यो हिमाललाई माया गर्छु ।’

सगरमाथालाई स्थानीय शेर्पा समुदायले भगवानको रूपमा हेर्छन् र पूजा गर्छन् । सगरमाथाको अर्थ ‘आकाशकी देवी’ भन्ने हुन्छ । जसलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ । शेर्पा समुदायका लागि सगरमाथाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व अत्यन्त गहिरो छ ।

शेर्पाहरूको संस्कृति, इतिहास, धर्म, परम्परा, विश्वास र लोकरीति सगरमाथा, हिमालय र यहाँको पर्यावरणसँग गाँसिएको छ । र, यहाँसम्म कि जैविक विशेषतासमेत हिमालयका उच्च उचाइमा बसोबास गर्ने जीवनशैलीसँग गहिरोगरी गाँसिएका छन्।

अर्जुन उप्रेतीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

 

Tags: अर्जुन उप्रेतीसगरमाथाहिमाल
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

वामपन्थीहरूको छटपटाहट
टाकुरा विशेष

वामपन्थीहरूको छटपटाहट

by कृष्ण अधिकारी
असार २५, २०८३
0

मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘ त्यसमा मनमोहन...

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने
टाकुरा विशेष

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

इटहरी : धेरैका लागि लोकसेवा आयोगको नाम निस्कनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ। स्थायी सरकारी जागिर सुरक्षित भविष्यको पर्याय मानिन्छ।...

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

कोशी टप्पु : जैविक विविधता र पर्यापर्यटनको अनुपम संगम

असार २१, २०८३
गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

असार २०, २०८३
विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

असार २०, २०८३
इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

असार २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.