Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

अर्जुन उप्रेती by अर्जुन उप्रेती
जेष्ठ ३०, २०८३
in टाकुरा विशेष, पर्यावरण, विचार
0
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा
73
SHARES
Share on FacebookShare on Twitter

संसारको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर पुग्नु पनि संसारभरका मानिसहरूको सपना हुन्छ । तर, नेपालमा संसारलाई चकित पार्ने त्यस्ता मानिसहरू छन्, जसले संसारको सबैभन्दा अग्लो भूभाग, संसारको शिर सगरमाथाको ३१ र ३२ पटक आरोहण गरिसकेका छन् ।

उनीहरूले सन् २०२६ को मे १७ मा गरिएको आरोहणले सगरमाथामा चुम्बकजस्तै टाँसिन सक्ने मनिसको रूपमा नेपाली शेर्पा कामिरिता र पासाङ दावा शेर्पा चिनिएका छन् ।

ल्हाक्पा शेर्पाले सन् २०२६ को स्पिङ सिजनमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा धेरै पटक सगरमाथा चढ्नेमध्ये दोस्रो स्थानमा आफ्नो नाम दर्ज गरेका छन् भने कामिरिता शेर्पाले संसारका साढे आठ अर्ब मानिसमा आफू एकमात्र ३२ पटक सगरमाथाको सफल आरोहण गर्ने व्यक्तिको रूपमा आफूलाई उभ्याएका छन् ।

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा (एभरेस्ट अर्थात चोमोलुङ्मा) समुद्री सतहबाट ८,८४८.८ मिटर (२९,०३२ फिट) उचाइमा रहेको यो हिमाल को शिखरमा सफलतापूर्वक सबैभन्दा धेरै पटक पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गरेका छन् ।

कीर्तिमानी ५६ वर्षीय कामिरिता शेर्पाले यस वर्ष ३२औँ पटक सगरमाथाको सफल आरोहण पूरा गर्दै सन् १९९४ मा २४ वर्षको उमेरमा पहिलो पटकसगरमाथा चढेको स्मरण गर्छन् ।

उनको कीर्तिमानलाई पछ्याउने नजिकका प्रतिस्पर्धी अर्का नेपाली मार्गदर्शक पासाङ दावा शेर्पा हुन् । उनले यस वर्ष मे महिनामा दुईपटक सगरमाथा आरोहण गर्दै आफ्नो कुल सगरमाथा आरोहणको संख्या ३१ पटक पुर्याउन सफल भई दोस्रो सबैभन्दा बढी आरोहण गर्ने किर्तीमानी बनाएका हुन् ।

त्यस्तै महिला तर्फबाट ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथाको शिखर चुमेर आफ्नै १० औँ पटकको सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमानी तोडेकी छन् । बिहान ९ः३० बजे शिखरमा पुगेकी ल्हाक्पाले पहिलो चोटी सन् २००० मा सगरमाथा आरोहणको सुरुवात गरेको स्मरण गरेकी छन् ।

उनका अन्य नौ आरोहणहरू, जसमध्ये पछिल्लो सन् २०२२ मा भएको थियो– सबै चीनको तिब्बततर्फको उत्तरी मार्गबाट भएका थिए । वास्तवमा, सगरमाथाको छैटौँ सफल आरोहणपछि उनले पर्वतारोहणबाट अवकाश लिएकी थिइन् । तर, १० वर्षको विश्रामपछि सन् २०१६ मा पुनः फर्किएर उनले थप पाँच सफल आरोहण गरिन् ।

सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पुग्ने महिला भए पनि ल्हाक्पाले कहिल्यै आत्मसन्तुष्ट बन्न दिएकी छैनन् ।

सगरमाथा आरोहणमा हिमाललाई नजिकबाट नियालेकी ल्हाक्पाले आफ्नो हिमाल प्रतिको धारणा यसरी राखेकी छन् ।

‘हरेक पटक म फरक आरोहीलाई मार्गदर्शन गरिरहेकी हुन्छु, त्यसैले प्रत्येक अनुभव फरक लाग्छ । बरफ निकै पग्लिएको छ, विशेषगरी साउथ कोलजस्ता क्षेत्रमा । हिमाल परिवर्तन भएको छ । तर मेरो सोच भने उस्तै छ । म यो हिमाललाई माया गर्छु ।’

सगरमाथालाई स्थानीय शेर्पा समुदायले भगवानको रूपमा हेर्छन् र पूजा गर्छन् । सगरमाथाको अर्थ ‘आकाशकी देवी’ भन्ने हुन्छ । जसलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ । शेर्पा समुदायका लागि सगरमाथाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व अत्यन्त गहिरो छ ।

शेर्पाहरूको संस्कृति, इतिहास, धर्म, परम्परा, विश्वास र लोकरीति सगरमाथा, हिमालय र यहाँको पर्यावरणसँग गाँसिएको छ । र, यहाँसम्म कि जैविक विशेषतासमेत हिमालयका उच्च उचाइमा बसोबास गर्ने जीवनशैलीसँग गहिरोगरी गाँसिएका छन्।

अर्जुन उप्रेतीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

 

Tags: अर्जुन उप्रेतीसगरमाथाहिमाल
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 
FEATURE BREAKING

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

इटहरी : सप्तकोशी नदीमा चल्ने जल यातायातले पूर्वी पहाडका बासिन्दालाई तराईसँग जोड्दै आएको छ । भोजपुरको दक्षिणी भेग, धनकुटाका केही...

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
टाकुरा विशेष

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
कोशी टप्पुको जङ्गली हात्ती उदयपुरमा मृत भेटियो

कोशी टप्पुको जङ्गली हात्ती उदयपुरमा मृत भेटियो

अशोज २८, २०८३
कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३
नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    296 shares
    Share 118 Tweet 74
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.