Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

लकडाउनको मौका छोपी खुलेआम रुपमा खोला दोहन, प्रशासन मुकदर्शक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २३, २०७६
in टाकुरा विशेष, समाचार
0
लकडाउनको मौका छोपी खुलेआम रुपमा खोला दोहन, प्रशासन मुकदर्शक

स्थानीय खोलाबाट खुलेआम रुपमा ढुंगा निकासी गरिदैँ ।

254
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको लकडाउनको समयमा खोटाङको दिक्तेलमा भने खोलाबाट ढुङ्गा निकासी गरेको पाईएको छ । लकडाउनको समयको मौका छोपी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा १ र ८ को सीमानामा पर्ने मेवाखोलाबाट ढुङ्गा निकासी गरेको पाईएको हो ।
‘ढुंगा फुटाउने मेसिन लगेर फुटाका ढुंगा ओर्सान थालेको अवस्था छ,’ दिक्तेलका एक युवाले टेलिफोन सम्पर्कमा भने, ‘अवैध रुपमा खोला दोहन हुँदा पनि स्थानीय प्रशासन र प्रहरी प्रशासन मुकदर्शक बनेको छ ।’ उनले नाम गोप्य राखिदिन भन्दै प्रहरी प्रशासनले र नगरपालिकाले नै जानाजान पनि कारबाहीको दायरामा नल्याएकोप्रति आपत्ती जनाए । ‘सरकारले लकडाउन त लगाएको छ, तर यहाँ खुलेआम रुपमा खोला दोहन भइरहेको छ,’ उनले आपत्ती जनाउँदै भने, ‘यस बिषयमा प्रहरीलाई हामीले जानकारी गराउँदा पनि वास्ता गरेको छैन ।’

स्थानीय चक्रप्रसाद रिजाल र पर्वत आचार्यले खोलाबाट दुई सय ट्याक्टर भन्दा बढी ढुङ्गा निकासी गरी बिक्री गरेको आरोप लगाउँदै उनले यस घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने बताए । को २ त ४६८९ र को २ त ६२०४ नम्बरको ट्याक्टरबाट खुलेआम रुपमा चोरी निकासी भएको हो ।

लकडाउनको उलघंन गरी ढुङ्गा निकासी भइरहेको खबर आएपछि अहिले आँफूहरुले थप अनुसन्धान गरिराखेको जिल्ला प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । ‘स्थानीय तहलाई जानकारी नै नदिई खोलाबाट ढुङ्गा उत्खनन् भईरहेको सूचना आएको छ,’ उनले टेलिफोन सम्पर्कमा टाकुरासँग भने, ‘हामी सो बिषयमा थप अनुसन्धानको क्रममा छौँ ।’ उनले सो बिषयमा आँफू गम्भीर रहेको प्रतिक्रिया दिए ।
यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आँफूलाई सो बिषयमा कुनै जानकारी नभएको बताए । ‘नगरपालिकाका प्राविधिकहरुलाई स्थलगत अनुगमन गर्न पठाउने र सडक स्तरउन्नत्तिको काम बाहेक अन्य प्रयोजनमा लगिएको रहेछ भने तत्काल कार्बा्हिको दायरामा ल्याउँछौँ,’ उनले भने, ‘तर मलाई यस बिषयमा अहिलेसम्म कुनै जानकारी नै आएको छैन ।’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’
FEATURE BREAKING

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति मृत्यु भएका ओमप्रकाश मेहताका परिवारले सरकारसमक्ष मृतकलाई सहिद घोषणा गर्न र घटनाको निष्पक्ष...

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’
FEATURE BREAKING

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिँदै जिल्लामा कुनै पनि मानवीय वा...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

इटहरीका विद्यालयमा तीन दिन बिदा

साउन १२, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

साउन १२, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३
सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

साउन १२, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

इटहरीका विद्यालयमा तीन दिन बिदा

साउन १२, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.