इटहरी : सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार (आज) दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन्।
कर्फ्यू आदेशअनुसार महेन्द्र राजमार्गअन्तर्गत पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर र दक्षिणतर्फ दुई सय मिटर क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैन।
त्यसैगरी इनरुवा बजार क्षेत्रभित्र पनि सोही अवधिसम्म सबै प्रकारका सार्वजनिक गतिविधिमा रोक लगाइएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक कदम चालिएको जनाएको छ। खासगरी सुनसरीको देवानगञ्ज–३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनाका कारण यस क्षेत्र तनावग्रस्त बनेको छ।
















Discussion about this post