इलाम : इलाम नगरपालिका १ नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदिप रिजालको ८ वर्षीय छोरा ग्रेसधीफ रिजालको सिमेन्टको पिलरले लागेर मृत्यु भएको छ ।
घरको छतमा खेल्ने क्रममा घर बनाउनको लागि राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको र उक्त पिलर अचानक ढलेर किच्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिलरले लागेर बालक गम्भीर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याएपनि निधन भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post