सुनसरी : सुनसरी बर्जु गाऊपालिका ६ सुक्रहाट टोलका ६८ वर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ ।
आज दिउसो ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय चिमडीबाट गएको प्रहरी टोलीले मण्डललाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएको थियो ।
मण्डलको उपचारकै क्रममा दिउसो अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।














Discussion about this post