मोरङ : जिल्ला कारागार मोरङमा दुई जना कैदीकौ शङ्कास्पद मृत्यु भएको छ । दुई दिनको अवधिमा कारागारमा कैद सजाय भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका ५ का ५२ वर्षीय धनबहादुर गुरुङ र सुनसरीको धरानका ३० वर्षीय सुवास लिम्बूको मृत्यु भएको हो ।
गुरुङको मंगलबार र लिम्बूको सोमबार मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । अदालतले जबरजस्ती करणी मुद्दामा गुरुङलाई १० वर्ष कैदको फैसला सुनाएको थियो । उनी २०७४ वैशाख ५ गतेदेखि कारागारमा थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कोरोना भाइरसविरुद्धको खोप लगाउन लाइनमा बसेका बेला बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा गुरुङको मृत्यु भएको र शव परिवारका सदस्यको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
यस्तै, लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लिम्बूको सोमबार मृत्यु हो । श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।
लगातार दुई जना कैदीको शङ्कास्पद मृत्यु भएपछि कारागारभित्र रहेका कैदीबन्दीका आफन्त त्रसित बनेका छन् । कारागार भित्र कैदीबन्दीलाई यातना दिने गरेको आफन्तको गुनासो छ ।














Discussion about this post