मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
कात्तिक ४ गते (बुधबार) साँझ करिब ६ः५० बजेतिर लेटाङ बजारबाट डिल्लेचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ६३८० नम्बरको मोटरसाइकलले पैदलयात्री लेटाङ नगरपालिका–५ निवासी करिब ७० वर्षीय बलबहादुर बिकलाई ठक्कर दिएको थियो ।
मोटरसाइकल लेटाङ नगरपालिका–८ निवासी १७ वर्षीय तामिल मगरले चलाएका थिए ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका बिकलाई उपचारका लागि नगर अस्पताल लेटाङ लगिएकोमा चिकित्सकले साँझ ७ः१५ बजेतिर मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post