मोरङ : मोरङको गोठगाउँमा रहेको पूर्वान्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा अन्तर्राष्ट्रिय समाजिक उद्यमशीलता चुनौती (हल्ट प्राइज) प्रतियोगिता आयोजना हुने भएको छ ।
विद्यार्थीहरुको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरुले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।
जिपिकारमा गत वर्ष शम्भु कट्टेलको नेतृत्वमा आयोजना भएको प्रतियोगितामा यसपटक प्रतिस्पर्धालाई रिजन दाहालले नेतृत्व गर्दैछन् । दाहालका अनुसार यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलता समेत पैदा गर्ने भएको हुँदा यसको महत्व धेरै रहेको उनले बताए ।
यसपालिको अन्तर्राष्ट्रिय समाजिक उद्यमशीलता चुनौती प्रथम पटक आयोजना गर्न लागेको स्कूल अफ हेल्थ साइन्सेज र दोस्रो पटक आयोजना गर्न लागेको जिपिकारसँग दुवै क्याम्पसले समन्वय गरेर अगाडि बढ्ने बताइएको छ ।












Discussion about this post