Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कांग्रेस इटहरीमा एकताको सन्देश, अहंकार र घमण्ड त्याग्न आवश्यक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०७८
in टाकुरा विशेष, समाचार
0
कांग्रेस इटहरीमा एकताको सन्देश, अहंकार र घमण्ड त्याग्न आवश्यक

सोमबार नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेविसंघ सभापति राजीव ढुंगाना, सभापति हेमकर्ण पौडेल र प्रत्यासी विकास केसी ।

879
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस इटहरीले एकताको सन्देश दिएको छ । सोमबार (आज) नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेसले एकताको सन्देश दिएको हो ।

कांग्रेस इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित सभापति हेमकर्ण पौडेलले आफू गुटभन्दा माथि रहेर पार्टीलाई एक बनाउने सन्देश दिए ।

उनले भने, ‘हिजो चुनावको दिनमा जे भएपनि हामी एक हुनुपर्छ, पार्टी भन्दा माथि कोही पनि हुँदैन ।’ उनले कार्यकर्ताहरू एकआपसमा मनमुटाव नगरी मिलेर अगाडि बढ्नुपर्ने बताए । आगामी स्थानीय तहको निर्वाचनमा इटहरीमा कांग्रेसलाई विजयी बनाउनका लागि पार्टीका सबै मानिसहरू एक हुनुको विकल्प नरहेको उनको भनाई छ ।

‘सबै साथीहरूले अहंकार र घमण्ड त्याग्न आवश्यक छ, सबैले हातेमालो गरेर इटहरीको भविष्य निर्धारण गर्न जरूरी छ,’ उनले भने, ‘हामीले कम्युनिष्टको चुनौतीलाई जित्नका लागि पनि एक हुन आवश्यक छ ।’

कार्यक्रममा सभापतिका प्रत्यासी विकास केसीले कुनै एक व्यक्तिले सभापतिमा जितेपनि समग्र कांग्रेसको जीत भएको सन्देश दिए । ‘हाम्रो उदेश्य भनेको अब स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउनु हो,’ केसीले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘अबको नेतृत्वले गुट भन्दा माथि रहेर पार्टी एकीकृत बनाउन आवश्यक छ, इटहरीमा पार्टी अफिसको पनि खाँचो छ ।’

उनले आफू चुनावमा पराजित भएपनि जितेकै सो सरह पार्टीका निम्ति निरन्तर खट्ने प्रतिबद्वता व्यक्त गरे । उनले भने, ‘पार्टी अफिस बनाउने कुरादेखि सबै क्षेत्रमा मेरो साथ रहन्छ, पार्टी एकढिक्का बनाउने कुरामा हामी प्रतिबद्व छौँ ।’

‘सबै साथीहरूले अहंकार र घमण्ड त्याग्न आवश्यक छ, सबैले हातेमालो गरेर इटहरीको भविष्य निर्धारण गर्न जरूरी छ,’ उनले भने, ‘हामीले कम्युनिष्टको चुनौतीलाई जित्नका लागि पनि एक हुन आवश्यक छ ।’

नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले चुनाव लोकतान्त्रिक प्रक्रिया भएकाले जीत हारभन्दा पनि सबै एक हुनुपर्ने बताए । उनले आगामी निर्वाचनमा देशभर नै कांग्रेस एक भएर एकताको सन्देश दिन आवश्यक रहेको उदृत गरे ।

कांग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठले इटहरीमा नयाँ नेतृत्वले रचनात्मक काम गर्न आवश्यक रहेको बताए । उनले कांग्रेसीहरूले एकअर्कामा प्रतिशोधको भावना राखेर भन्दा पनि एकताको सन्देश दिनुपर्नेमा जोड दिए ।

असोज ९ गते शनिबार भएको निर्वाचनमा इटहरी कांग्रेसमा पुनः हेमकर्ण पौडेल विजयी भएका छन् । उनीसँगै उपसभापतिमा कोविदजंग कार्की, बालकृष्ण विष्ट, सचिवमा विक्रम घिमिरे, मन्दिप भट्टराई, सहसचिवमा मेनुका गिरी र ईश्वर तामाङ निर्वाचित भएका थिए ।

नवनिर्वाचितहरूलाई निर्वाचन अधिकृत सृर्जना नेपालले प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#कांग्रेस#नेपाली कांग्रेसकांग्रेस १४ औं महाधिवेशनटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    783 shares
    Share 313 Tweet 196
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.