संखुवासभा : संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खाँदबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनाबाट चालक संखुवासभा खादबारी ५ का २५ वर्षीय मणि तामाङ रहेका छन् ।
दुर्घटनामा सहचालक १९ वर्षीय महेन्द्र तामाङ घाइते भएका छन् । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बिहीबार चेवाबाट चारबरतर्फ जाँदै गरेको प्र १–०–२००–३ त १२२४ नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भइ सडकदेखि अन्दाजी १५ मिटर तल खसेको थियो ।
गम्भीर घाइते भएका चालकको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post