इटहरी : इटहरीमा सरुवा भएर आउने अधिकांश डीएसपीहरूले आएको केहीदिनमै पत्रकार सम्मेलन गर्छन् र आफ्नो योजना सुनाउँछन् । अपराध नियन्त्रण र सुरक्षा योजनाबारे पत्रकारहरूसँग अन्र्तक्रिया गर्छन् । तर, आफू सरुवा भएर जानेबेला भने विरलैले मात्र पत्रकारसँग छलफल गर्ने गरेका छन् ।
यसैबीच केहीदिनअघि इटहरीबाट नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा सरुवा भएर जान लागेका डीएसपी अर्जुन केसीले मंगलबार (आज) पत्रकारसँगको भेटघाटमा इटहरी बसाई सुखद रहेको बताए ।
इलाका प्रहरी कार्यालय इटहरीमा १४ महिना ५ दिन बिताएका डीएसपी केसीले भने, ‘इटहरी बसाईको समयमा यहाँहरूको साथ सहयोगले ठूला अपराधका घटना कमै मात्र भयो ।’ उनले इटहरीमा हाल सामाजिक समस्या सँगै लागूऔषधको पनि समस्या रहेको बताए ।
‘यहाँ सोसियल क्राइमहरू छन्, जसअन्र्तगत महिला तथा बालबालिकासँग सम्बन्धित कुराहरू छन्,’ उनले भने, ‘ड्रग युजरका कुरामा पनि धेरै नै समस्या छ, सँगै सवारी दुर्घटनाको पनि समस्या देखेको छु ।’ पछिल्लो समय सडक ठूलो भएपनि चालकहरू अनुशासित नबन्दा दुर्घटना बढेको उनको तर्क छ ।
इटहरीको मुख्य समस्या लागूऔषध रहेको डीएसपी केसीले बताए । ‘म बसुञ्जेल यहाँ ३६५ ग्राम ब्राउनसुगर बरामद भएको छ, यो अहिलेसम्म भएकै थिएन,’ उनले भने, ‘यो भनेको धेरै परिमाण हो र अरू खालका लागूऔषध पनि थुप्रै बरामद गरेका छौं ।’
भिडियो
लागूऔषध कारोबारीलाई पक्राउ गरी उल्लेख्य रूपमा बरामद गर्न आफू सफल भएको उनको आत्मविश्वास छ । उनले भने, ‘इटहरीमा लागूऔषध कारोबारीको ठूलो सञ्जाल छ, १६ देखि २५ वर्ष उमेर समूहका मानिसहरू लागूऔषधमा संलग्न रहेका छन् ।’ उनका अनुसार गत साउनयता मात्रै १३ जना लागूऔषधमा संलग्नलाई पक्राउ गरी मुद्वा दायर गरिएको छ ।
इटहरीमा १६ देखि २५ वर्षसम्मका धेरै र त्यसपछि २६ देखि ३५ वर्ष उमेर समूहका मानिसहरू लागूऔषध कारोबारमा संलग्न रहेको उनले बताए ।
‘टिनएजका मानिस लागूऔषमा संलग्न छन्, सेवनकर्ता पनि छन्, किशोरकिशोरीहरू लागूऔषधमा फस्दै गएकाले उनीहरूलाई पनि कानूनी दायरामा ल्याएका छौं ।’ उनले भने । उनले समुदाय–प्रहरी साझेदारी अन्र्तगत पनि थुप्रै सकारात्मक काम भएको बताए ।
यस्तै, आफू आइकन इटहरीमा सडक आश्रित बालबालिका नरहेको उनको दाबी छ । ‘त्यसबेला दश जना हाराहारीमा सडक आश्रित बालबालिका थिए, अहिले सडकमै बस्ने बालबालिकाको संख्या शून्य छ,’ उनले भने, ‘पछिल्लो समय मानिसमा अनुशासन घट्दै गएको अनुभूत गरेको छु ।’
जाँदाजाँदै सुनाए भावुक कविता
उनले इटहरीमा आफ्नो १४ महिने कार्यकाल सफल रहेको स्मरण गर्दै भावुक बने । जाँदाजाँदै उनले भावुक कविता पनि सुनाएका छन् । केहीबेर मौन रहे र भने, ‘मैले साभार गरेको र मलाई मन परेको एउटा कविता सुनाउँछु है !’ भन्दै कविताका पंक्तितर्फ आलिङ्गनबद्व भए ।
सेतो कात्रोमा गोजी हुँदैन ।
मुर्दाप्रति माया हुँदैन ।
उनले आफूले साभार गरेको कविता भन्दैगर्दा मुहारमा भावुकमिश्रित हाँसो देखिन्थ्यो । आफू इटहरी छोडेर गएपनि यहाँको माया रहने उनले दर्शाएका थिए ।
यो पनि – इटहरीका डीएसपीको सरुवा












Discussion about this post