Thursday, October 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका डीएसपीको १४ महिना : भने, ‘यहाँ लागूऔषध कारोबारीको ठूलो सञ्जाल छ’, जाँदाजाँदै सुनाए भावुक कविता (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीका डीएसपीको १४ महिना : भने, ‘यहाँ लागूऔषध कारोबारीको ठूलो सञ्जाल छ’, जाँदाजाँदै सुनाए भावुक कविता (भिडियो)
834
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा सरुवा भएर आउने अधिकांश डीएसपीहरूले आएको केहीदिनमै पत्रकार सम्मेलन गर्छन् र आफ्नो योजना सुनाउँछन् । अपराध नियन्त्रण र सुरक्षा योजनाबारे पत्रकारहरूसँग अन्र्तक्रिया गर्छन् । तर, आफू सरुवा भएर जानेबेला भने विरलैले मात्र पत्रकारसँग छलफल गर्ने गरेका छन् ।

यसैबीच केहीदिनअघि इटहरीबाट नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा सरुवा भएर जान लागेका डीएसपी अर्जुन केसीले मंगलबार (आज) पत्रकारसँगको भेटघाटमा इटहरी बसाई सुखद रहेको बताए ।

इलाका प्रहरी कार्यालय इटहरीमा १४ महिना ५ दिन बिताएका डीएसपी केसीले भने, ‘इटहरी बसाईको समयमा यहाँहरूको साथ सहयोगले ठूला अपराधका घटना कमै मात्र भयो ।’ उनले इटहरीमा हाल सामाजिक समस्या सँगै लागूऔषधको पनि समस्या रहेको बताए ।

‘यहाँ सोसियल क्राइमहरू छन्, जसअन्र्तगत महिला तथा बालबालिकासँग सम्बन्धित कुराहरू छन्,’ उनले भने, ‘ड्रग युजरका कुरामा पनि धेरै नै समस्या छ, सँगै सवारी दुर्घटनाको पनि समस्या देखेको छु ।’ पछिल्लो समय सडक ठूलो भएपनि चालकहरू अनुशासित नबन्दा दुर्घटना बढेको उनको तर्क छ ।

इटहरीको मुख्य समस्या लागूऔषध रहेको डीएसपी केसीले बताए । ‘म बसुञ्जेल यहाँ ३६५ ग्राम ब्राउनसुगर बरामद भएको छ, यो अहिलेसम्म भएकै थिएन,’ उनले भने, ‘यो भनेको धेरै परिमाण हो र अरू खालका लागूऔषध पनि थुप्रै बरामद गरेका छौं ।’

भिडियो

लागूऔषध कारोबारीलाई पक्राउ गरी उल्लेख्य रूपमा बरामद गर्न आफू सफल भएको उनको आत्मविश्वास छ । उनले भने, ‘इटहरीमा लागूऔषध कारोबारीको ठूलो सञ्जाल छ, १६ देखि २५ वर्ष उमेर समूहका मानिसहरू लागूऔषधमा संलग्न रहेका छन् ।’ उनका अनुसार गत साउनयता मात्रै १३ जना लागूऔषधमा संलग्नलाई पक्राउ गरी मुद्वा दायर गरिएको छ ।

इटहरीमा १६ देखि २५ वर्षसम्मका धेरै र त्यसपछि २६ देखि ३५ वर्ष उमेर समूहका मानिसहरू लागूऔषध कारोबारमा संलग्न रहेको उनले बताए ।

‘टिनएजका मानिस लागूऔषमा संलग्न छन्, सेवनकर्ता पनि छन्, किशोरकिशोरीहरू लागूऔषधमा फस्दै गएकाले उनीहरूलाई पनि कानूनी दायरामा ल्याएका छौं ।’ उनले भने । उनले समुदाय–प्रहरी साझेदारी अन्र्तगत पनि थुप्रै सकारात्मक काम भएको बताए ।

यस्तै, आफू आइकन इटहरीमा सडक आश्रित बालबालिका नरहेको उनको दाबी छ । ‘त्यसबेला दश जना हाराहारीमा सडक आश्रित बालबालिका थिए, अहिले सडकमै बस्ने बालबालिकाको संख्या शून्य छ,’ उनले भने, ‘पछिल्लो समय मानिसमा अनुशासन घट्दै गएको अनुभूत गरेको छु ।’

जाँदाजाँदै सुनाए भावुक कविता

उनले इटहरीमा आफ्नो १४ महिने कार्यकाल सफल रहेको स्मरण गर्दै भावुक बने । जाँदाजाँदै उनले भावुक कविता पनि सुनाएका छन् । केहीबेर मौन रहे र भने, ‘मैले साभार गरेको र मलाई मन परेको एउटा कविता सुनाउँछु है !’ भन्दै कविताका पंक्तितर्फ आलिङ्गनबद्व भए ।

सेतो कात्रोमा गोजी हुँदैन ।
मुर्दाप्रति माया हुँदैन ।

उनले आफूले साभार गरेको कविता भन्दैगर्दा मुहारमा भावुकमिश्रित हाँसो देखिन्थ्यो । आफू इटहरी छोडेर गएपनि यहाँको माया रहने उनले दर्शाएका थिए ।

यो पनि – इटहरीका डीएसपीको सरुवा

 

Tags: #इटहरी#इटहरी प्रहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    319 shares
    Share 128 Tweet 80
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.