इलाम : इलामको सन्दकपुर गाउँपालिका १ चाँपगैरीका ३० वर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।
सोमबार साँझ ७ बजे काका मानबहादुर मुखियाको घरमा बसेर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा उनले दाजु ३५ वर्षीय ईच्छा मुखियालाई चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटिइ चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post