मोरङ : मोरङको बूढीगंगा गाउँपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४४ वर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार हात–खुट्टा धुनका लागि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउदा अचानक करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post