मोरङ : लागूऔषध मुद्धा र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लागुऔषध मुद्धाका सुनसरी धरान उप–महानगरपालिका ७ का ४१ वर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउपालिका १ का २३ वर्षीय सुरज कामत रहेका छन् ।
पक्राउ परेका दुवैजनालाई सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागी हिजो कारागार चलान गरिएको छ ।
लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १ महिना २४ दिन कैद र रु १ लाख जरिवाना भई लगत नं ७२३२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सिदिकी र चोरी मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद सजाय गरेको छ ।
यस्तै, १५००० र जरिवाना भई लगत नं. ५८१ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरेको हो।












Discussion about this post