इटहरी : मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन् ।
हिजो बिराटनगर महा–नगरपालिका १३ सैनिक टोलबाट CRV जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका ६ का ३० वर्षिय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्की सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी हिजो नै गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले दमक नगरपालिका ७ अधिकारी टोल की ५० वर्षीया मुन्नी बेगमको घरमा लुकाई राखेको लागुऔषध ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्राम सहित बेगमलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुलाई प्रहरीद्वारा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post