मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट गएको प्रहरी टोलीले मिक्लाजुङ ६ का २६ वर्षिय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर फेला परेको हो ।
पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र १ थान, को ३२प ७६०२ नम्वरको मोटरसाईकल १ थान, मोवायल १ थान, नगद ५ हजार २५ रुपैया सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।












Discussion about this post