इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर १३ का ८५ घरपरिवालाई न्यानो कपडा वितरण गरिएको छ ।
जयभीमा फाउन्डेसनले यहाँका गरीब तथा विपन्न परिवारलाई जाडोले परेको प्रभावलाई कम गर्न न्यानो कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष रोहित प्रसाईँले जानकारी दिए ।
उनका अनुसार फाउन्डेसनले सुनसरीका सबै स्थानीय तहमा जाडोका कारण प्रभावित बनेका स्थानीयलाई सहयोग गर्नेछ । यसका साथै फाउन्डेसनले रोजगारी सृजनामा पनि सहयोग गर्ने उनले बताए ।
नेपाली कांग्रेसका नेतासमेत रहेका प्रसाईँले यो कार्यक्रम विशुद्ध सामजिक कार्यभएको बताए । आफैँले ३० लाख रुपैँया फाउन्डेसनका लागि छुट्याएको उनले बताए ।
.














Discussion about this post