धरान : २२ औं संस्करणको गोधूली फुटबल रनिङ कप अन्तर्गत आज (आइतबार) भएको खेलमा वडा नं. ८ ले ४ नं. वडालाई फराकिलो अन्तरले पराजित गरेको छ ।
८ नं. वडाले ४ नं. वडालाई ४–० गोल अन्तरले पराजित गरेको छ । ८ नं. वडाका लागि रमेश मगर, सविन राना मगर, आमोस माझी र राजन थापा मगरले गोल गरे । खेलको म्यान अफ द म्याच ८ नं. वडाका आमोश माझी घोषित भए ।
उनलाई नगद एक हजार पाँच सय रुपैँया प्रदान गरिएको थियो । धरान ८ ले अब प्रि क्वाटर फाइनल खेलमा २८ गते वडा नं. ९ सँग प्रतिष्पर्धा गर्नेछ ।
सोमबारको पहिलो खेल धरान–१६ र धरान–१२ का बीच हुने र दोस्रो खेल धरानको वडा नं. १४ र १ का बीच धरान रंगशालामा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा धरानका २० वटै वडाका टिमले सहभागीता जनाएका छन् भने प्रतियोगितालाई धरान उपमहानगरपालिकाले संयोजन गरेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार र उपविजेताले नगद ७५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।












Discussion about this post