इटहरी : डाँगीहाट फुटबल क्लब मोरङले प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
सुनसरीको दुहबी ८ सोनापुरमा आज (सोमबार) देखि सुरु भएको प्रतियोगितामा डाँगीहाटले सुनसरी भरौलको इन्द्रेणी फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।
डाँगीहाटका लागि आदर्श लिम्बूले २ गोल गर्दा क्याप्टेन कासिम राइले १ गोल गरे ।
लिम्बूले खेलको २६ औं ३३ औं मिनेटमा र राइले ३६ औं मिनेटमा गोल गरेका हुन् । यसअघि इन्द्रेणीका साजन राईले खेलको २० औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए पनि जीत हात पार्न सकेन ।
उद्घाटन खेलको म्यान अफ द म्याच २ गोल गर्न सफल आदर्श लिम्बू घोषित हुँदै नगद २ हजार रुपैया पुरस्कार पाए । उनलाई दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारले पुरस्कार प्रदान गरे ।
भोलि (मंगलबार) को दोस्रो क्वाटरफाइनल खेल विराटनगरको विराट स्पोर्टस एकेडेमी र मोरङ बिराट चौकको एकता युथ क्लबबीच हुने आयोजकले जनाएको छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता बिजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैँया पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले जानकारी दिए ।












Discussion about this post