इटहरी : इटहरीमा ब्राउनसुगर लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ रामजानकी टोलका ३९ वर्षीय युवराज भुजेल र सोही ठाउँका ४० वर्षीय पोष्टकुमार विश्वकर्मा रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र वडा प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार दिउँसो ४ बजेतिर भुजेलको घरमा खानतलासी गर्दा उनीहरूको साथबाट ३ ग्राम ६२० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो ।
लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूको घरमा खानतलासी गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post