धरान : धरान उपमहानगरपालिकाले किसानलाई खेतबारी जोत्ने ‘पावर ट्रिलर’ हस्तान्तरण गरेको छ ।
मङ्गलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० का मचिन्द्र कृषि तथा पशुपन्छी फर्म, वडा नं. ४ का दाजुभाइ फर्म, वडा नं. ५ का निशानदेवी कृषि समूह र वडा नं. ५ कै ठिंगाबारी कृषि समूहलाई ४ थान ‘पावर ट्रिलर’ हस्तान्तरण गरेका हुन् ।
उपमहानगरपालिकाका कृषि शाखाका अधिकृत भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत साझेदारीमा खरिद गरेर कृषकहरुलाई वितरण गरिएको हो ।
मेयर राईले धरान उपमहानगरपालिका साविक विष्णुपादुका गाविस र पाँचकन्या गाविस मिलेपछि उपमहानगरपालिका बनेको जनाउँदै साविक दुई वटै गाविस कृषिसँग आधारित रहेको बताए ।
वडा नं. ४, ५, ६ र २० का कृषकहरूलाई विगत देखि नै कृषिका सामग्रीहरू उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको मेयर राईले बताए । उनले उत्पादन र पालनपोषणमा पनि उपमहानगरपालिकाले सहयोग गरिरहेको बताए ।












Discussion about this post