इटहरी : प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिष्पर्धा हुने भएको छ ।
सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको दोस्रो सेमिफाइनल खेलमा मोरङ बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी भिडन्त पक्का गरेको हो ।
आयोजक क्लबलाई उपाधी नजिक पुर्याउन खेलको ७० आंै मिनेट कुशल राईले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच आयोजक क्लबका मिडफिल्डर उमेश कार्की घोषित हुदै नगद दुई हजार रुपैँया पाए ।
फाइनल खेल सोमबार हुने मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले बताए । यसअघि पहिलो सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै पूर्वाञ्चल युनाइटेड फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा उपाधी बिजेताले नगद एक लाख र उपबिजेताले ५१ हजार रुपैँया पुरस्कार पाउने आयोजकले जनाएको छ ।












Discussion about this post