Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेस युनियन सुनसरीद्वारा दुर्घटना बीमा बापतको ७० हजार रुपैँया हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ११, २०७८
in समाचार
0
प्रेस युनियन सुनसरीद्वारा दुर्घटना बीमा बापतको ७० हजार रुपैँया हस्तान्तरण
181
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

आज (बुधबार) खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका सचिव ध्रुव ढकाल, महासंघका सदस्य विवेक विवश रेग्मी, पत्रकारद्वय बाबुराम सुवेदी, अर्जुन सुवेदी लगायतको उपस्थितिमा उक्त बीमा बापतको रकम हस्तान्तरण गरिएको हो ।

‘अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा छ,’ सचिव भट्टराईले भने, ‘अजोड इन्स्योरेन्समार्फत गरिएको बीमा यसपटक पनि गर्ने तयारीमा छौँ ।’

उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए । आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बीमा गरिसकेको अवस्थामा दोहोर्याएर पेस गरे मान्य नहुने बताइएको छ ।

प्रेस युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार गत वर्ष युनियनले जिल्लाका सञ्चारकर्मीको दुर्घटना बीमा गरेको थियो ।

‘यसवर्ष परिमार्जित योजना अनुरूप दुर्घटना बीमा गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘भरसक कसैको पनि दुर्घटना नहोस्, दुर्घटना भएको अवस्थामा केही भपनि राहत होस् भन्ने उदेश्यले बीमा कार्यक्रम अगाडि सारिएको हो ।’

उनका अुनसार यसवर्ष दुर्घटना बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटनामा परेको अवस्थामा मिडिया हाउसबाट पाइरहेको न्यूनतम पारिश्रमिक समेत पाउने योजना अनुसार बीमा गर्न लागिएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटनामा परेर बसेको समयमा राहत महसुस हुनेगरी युनियनले दुर्घटना बीमाको योजना ल्याउनु सकारात्मक रहेको बताए ।

उनले भने, ‘पैसा ठूलो कुरा होइन, संस्थाको दायित्व र यसले गर्ने सपोर्ट ठूलो कुरा हो ।’ कोही सञ्चारकर्मी दुःखमा परेको अवस्थामा संगठन साथ रहनु सकारात्मक रहेको उनको तर्क छ ।

यो पनि – प्रेस युनियन सुनसरीद्वारा परिवर्तित नीति अनुसार सञ्चारकर्मीको दुर्घटना बीमा गरिने (कागजात केके ?)

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीदुर्घटना बीमाबीमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.