Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको एउटा गाउँ : कर तिर्न मोरङमा, सेवासुविधा सुनसरीमा

लालपूर्जा मोरङमा भएपनि खोलाका कारण इटहरीमा बस्दै आएको एउटा गाउँको कथा

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
माघ २१, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीको एउटा गाउँ : कर तिर्न मोरङमा, सेवासुविधा सुनसरीमा

इटहरी ३ सुनौलो बस्ती । लालपुर्जामा मोरङ भएपनि यहाँका बासिन्दाले सुनसरीबाटै सेवासुविधा उपभोग गर्दै आएका छन् । यद्यपि, कर तिर्न मोरङमा जाँदा सास्ती व्यहोर्नुपरेको स्थानीयको दुखेसो छ । तस्वीर : टाकुरा न्यूज ।

354
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आफ्नो जमिन सुनसरी हो वा मोरङ भन्ने विषयमा अन्यौल हुँदा सास्ती खेप्नुपर्दाको पीडा कस्तो हुन्छ भनेर जान्नुपरे सुनौलो टोलकी गंगा भुजेललाई सोधे हुन्छ ।

आफू बसेको जमिनको धनीपूर्जा मोरङमा रहेपनि सुनसरीको इटहरी ३ बाट सेवासुविधा लिदैँ आएका यो गाउँका धेरैजसो घरपरिवारको पीडा भुजेलकै जस्तो छ । लालपूर्जा मोरङमा भएपनि सुनसरीबाटै राज्यबाट पाउने सेवासुविधा लिदैँ आएका यहाँका अधिक घरपरिवार अहिले विभिन्न समस्या झेल्दै आएका छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बालकृष्ण विष्टका अनुसार २०३२ सालतिर अहिलेको सुनौलो टोलभन्दा करीब पाँच सय मिटर पश्चिम भएर बूढीखोला बग्थ्यो । उनका अुनसार त्यसबेला नापी कार्यालयले खोलादेखि पूर्वको भाग मोरङ र पश्चिमको भाग सुनसरी भनेर छुट्याएको थियो ।

‘मोरङमा जग्गा भएपनि पहिल्यैदेखि सुनसरीबाटै सुविधा लिदैँ आएका छौँ,’ भुजेलले भनिन्, ‘हामीलाई जग्गा बिक्री गर्न र किन्न धेरै समस्या छ, आधा बाटो मोरङमा र आधा बाटो सुनसरीमा पर्छ ।’ उनले आफूलाई घर बनाउने क्रममा बैँकबाट ऋण निकाल्नका लागि असहज भएको स्मरण गरिन् ।

‘घर बनाउने क्रममा मोरङको लालपूर्जा भएपछि बैँकले धेरै तनाव दियो,’ भनिन्, ‘म धेरैवटा बैँकमा गएँ, ऋण निकाल्नका लागि एक वर्ष लाग्यो ।’

इटहरी उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बालकृष्ण विष्टका अनुसार २०३२ सालतिर अहिलेको सुनौलो टोलभन्दा करीब पाँच सय मिटर पश्चिम भएर बूढीखोला बग्थ्यो । उनका अुनसार त्यसबेला नापी कार्यालयले खोलादेखि पूर्वको भाग मोरङ र पश्चिमको भाग सुनसरी भनेर छुट्याएको थियो ।

त्यसैले उक्त जमिन तत्कालीन अवस्थामा मोरङमा दर्ता गरेर धनीपूर्जा लिइएको विष्टको दाबी छ । ‘पछि २०४५ सालतिर उक्त जमिनभन्दा पूर्वतिरबाट खोला बग्न थालेपछि अहिलेको बस्ती खोलाका अनुसार सुनसरी, तर लालपूर्जाका अनुसार मोरङमा छ,’ वडाध्यक्ष विष्टले टाकुरान्यूजसँग भने, ‘२०६४ मा मात्रै सुकुम्बासी बस्ती बसेको भएपनि खोलाका कारण मोरङमा आउन, जान समस्या भएकाले यहाँका बासिन्दाले यतैबाट सेवासुविधा लिदैँ आएका छन् ।’

उनका अनुसार उक्त जमिन मोरङको सुन्दरहरैँचा ५ मा पर्छ । उनले भने, ‘वास्तविक रूपमा सुन्दरहरैँचा ५ मा उक्त जमिन छ, तर खोलाका कारण समस्या भएकाले सुविधा यतैबाट पाइरहेका छन् । जे भएपनि नागरिक हाम्रा हुन्, बसोबास जहाँ भएपनि फरक नपर्ला ।’

‘हरेक वर्ष वर्षातमा भागाभाग हुन्छ, आपत्विपद् पर्दा हामी मात्रै भाग्दैनौँ, सरकार पनि भाग्छ,’ उनको दुखेसो छ, ‘सरकारले त्यति राम्ररी हरेको छैन, बाहिरी रूपमा हेरेपनि वर्षातमा भागाभाग हुन्छ ।’

स्थानीय भविन्द्र राई आफू यो ठाउँमा बसोबास गर्दै आएको दस वर्ष बितेपनि आफू सुनसरी वा मोरङ कुन जिल्लाको बासिन्दा भएको भन्नेबारे अन्यौल भएको बताउँछन् । उनले भने, ‘हामी बसेको दस वर्ष भइसक्यो, कुन जिल्लाको भन्नेबारे अझै छुट्याउन सकेका छैनौँ ।’ उनले मोरङले चासो नदिएका कारण सुनसरीबाटै मतदाता परिचयपत्र बनाएर मतदान गर्दै आएको बताउँदै भने, ‘खोलाले सिमाना काटेपनि यो जग्गा ऐलानी भएका कारण सरकारले पनि चासो दिएको छैन ।’

सुनौलो टोल विकास संस्थाका सचिव समेत रहेका चन्द्रबहादुर राईका अनुुसार पहिले खोला सुनसरी हुँदै बगेका कारण त्यसबेला मोरङबाटै लालपूर्जा निकालिएको थियो । तर, अहिले खोला मोरङबाट बगेका कारण बीचको जमिनमा आफूहरू रहेको उनले बताए ।

यता, मोरङको सुन्दरहरैँचा वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद रिजालले भने उक्त क्षेत्र मोरङकै जमिन रहेपनि यहाँका बासिन्दाले मोरङबाट कुनैपनि सुविधा नलिएको बताए ।

उनले भने, ‘मोरङले आफ्नो जमिन दाबी गर्दै आएको छ, तर हामीले खानेपानी, बिजुलीबत्ती सुनसरीबाटै उपभोग गर्दैै आएका छौँ ।’

स्थानीय छत्र तामाङले सुकुम्बासीका लागि सरकारले चासो नदेखाउँदा समस्या थपिदैँ गएको बताए । ‘हरेक वर्ष वर्षातमा भागाभाग हुन्छ, आपत्विपद् पर्दा हामी मात्रै भाग्दैनौँ, सरकार पनि भाग्छ,’ उनको दुखेसो छ, ‘सरकारले त्यति राम्ररी हरेको छैन, बाहिरी रूपमा हेरेपनि वर्षातमा भागाभाग हुन्छ ।’

यता, मोरङको सुन्दरहरैँचा वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद रिजालले भने उक्त क्षेत्र मोरङकै जमिन रहेपनि यहाँका बासिन्दाले मोरङबाट कुनैपनि सुविधा नलिएको बताए । ‘उहाँहरू सुविधा माग्न आउनुहुन्न, खोला किनारमा बस्नेहरूमा धेरै नै समस्या छ,’ उनले भने, ‘अस्ति सरकारले सुकुम्बासी आयोगमा नाम टिपाउँदा मोरङबाटै यो क्षेत्रका बासिन्दाको नाम पनि टिपाएका छौँ ।’

वडाध्यक्ष रिजालका अनुसार यहाँ करीब दुई सय ५० घरपरिवार छन् । खोलापारी भएका कारण आफूहरूलाई विकास निर्माणका काम गर्न पनि समस्या भएको उनको भनाइ छ ।

यहाँका बासिन्दाले त सुनसरीबाटै सुविधा लिइहरेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘धनीपूर्जा त मोरङमै छ तरपनि प्राविधिक ल्याएर सीमा छुट्याउने विषयमा छलफल भइरहेको छ, मोरङको जग्गा सुनसरीमै लैजान त मिल्दैन, तर उहाँहरू कर तिर्न अहिले पनि मोरङमै आउनुहुन्छ ।’

Tags: #इटहरीटाकुरा विशेष
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक...

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई
FEATURE BREAKING

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

by टाकुरा न्यूज । इटहरी
असार २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार...

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    457 shares
    Share 183 Tweet 114
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.