इटहरी (डेस्क) : मोरङको सुन्दरहरैँचामा भएको सामूहिक बलात्कार घटनामा संलग्न तीनजना कारागार चलान भएका छन् ।
बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा गत माघ ७ गते राति महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न तीनै जनालाई कारागार चलान गरिएको हो ।
जिल्ला अदालत मोरङले बुधबार तनहुँको व्यास नगरपालिका १४ घर भई मोरङको सुन्दरहरैँचा नगरपालिका ५ मा बस्दै आएका ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, गोर्खाको सहिद लखन गाउँपालिका ५ घर भई सुन्दरहरैँचा ५ मै बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापाको मेचीनगर नगरपालिका ३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीलाई थुनामा राख्न आदेश दिएको हो ।
इटहरीबाट बहिनीको घर फर्कदै गरेकी बेलबारी नगरपालिका ४ की ३० वर्षीया महिलालाई नियन्त्रणमा लिएर होटल पुर्याउँदै रातभर कोठामा बन्धक बनाएर सामूहिक बलात्कार गरिएको घटना बाहिरिएको थियो ।
बहिनीको घर जाने बाटो बिर्सिएपछि सोधीखोजी गर्दैगर्दा गछियानजिकबाट प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर अपहरण शैलीमा उनलाई होटल पु¥याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।














Discussion about this post