इटहरी : मोरङको सुन्दरहरैँचामा तीन छोरीले आमाको काजकिरिया गरेका छन् ।
हिन्दुहरुको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको छ ।
तर, पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ । त्यस्तै, समाजलाई चुनौती दिदै उदाहरणीय छोरी बनेका छन्, मोरङका दिदीबहिनी ।
मोरङ, सुन्दरहरैचा ४, बासबारी निवासी दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल) ले आफ्नी आमाको सामूहिक काजकिरिया गरेका हुन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्वीकार गर्दै उनीहरूले क्रिया बसेका हुन् ।
खतिवडा दिदीबहिनी कोराभित्र बसेका छन् । आमालाई दागबत्ती दिने र किरिया बस्ने दीपा र सुनिता अविवाहित हुन् ।
सपना भने विवाहित भएकाले सामाजिक रीति अनुसारकै संस्कार मानिरहेकी छिन् । ५५ बर्षिय आमा मनमाया ढकाल खतिवडाको असामयिक निधन भएपछि दिदीबहिनीले काजकिरिया गरेको दीपाले बताइन् ।
उनी भन्छिन् ‘समाजमा छोरा नहुने परिवारहरुको हकमा काकाहरूको छोरा र त्यो पनि नभए अन्यले काजक्रिया गर्ने संस्कार छ, तर हामी छोरीलाई त्यो अधिकार छैन त्यस्तो विभेद हामी स्वीकार्दैनौ ।’














Discussion about this post