झुम्का : नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरू सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एकीकृत समाजवादी (एस) को कमिटीमा संगठित हुन थालेका छन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै रामधुनीमा संगठन विस्तार अभियान चलाएको नेकपा एकीकृत समाजवादीमा पछिल्लो समय एमालेका कार्यकर्ताहरू प्रवेश गर्ने लहर चलेको हो ।
नेकपा एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले नगर क्षेत्रमा एमाले सहित विभिन्न पार्टीका कार्यकर्ताहरू सो पार्टीको नेतृत्वप्रति असन्तुष्ट एसमा संगठित हुने क्रम जारी भएको बताए ।
निरौलाले दुई महिनाको अवधिमा नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी लगायतका दलबाट ठूलो संख्यामा पार्टी परित्याग गरी नेकपा एसमा आवद्ध भएको बताए ।
नेकपा एसका रामधुनी नगर अध्यक्ष युवराज कटुवालले संगठन विस्तार अभियानलाई टोल तहसम्म लैजाने बताए ।












Discussion about this post