रामधुनी : थारु पत्रकार संघ सुनसरीको तेस्रो जिल्ला अधिवेशनबाट निशान प्रकृति थारु अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सोमबार (आज) सुनसरीको रामधुनी नगरपालिका वडा २ थारु संग्रालयमा भएको थारु पत्रकारको तेस्रो अधिवेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा थारुलाई चयन गरिएको हो ।
पुरानो जिल्ला कार्यसमितिलाई विगंठन गरी १३ जनाको नयाँ कार्यसमिति गठन गरिएको हो ।
थारु पत्रकारको हक, हित तथा अधिकारको लागि वकालत गर्दै आइरहेको संघले आज भएको जिल्ला अधिवेशनबाट उपाध्यक्षमा क्रमशःकमला चौधरी, हेमन्त चौधरी, सचिव सरोज चौधरी, सह–सचिव श्वेता सरदार थारु, कोषाध्यक्ष होमकुमारी चौधरीलाई चयन गरेको छ ।
यस्तै, सदस्यहरुमा मनिषा चौधरी, रेखा चौधरी, पिंकी चौधरी, चन्द्रकला चौधरी, विनिता चौधरी चयन भएका छन् ।
अधिवेशानमा थारु पत्रकार संघका केन्द्रीय सचिव कुलदीप चौधरी, फोनिज प्रदेश १ का सचिव प्रदीप जस्मैत, फोनिज सुनसरी पूर्वअध्यक्ष धीरेन्द्र चौधरी, अग्रज पत्रकार गवनसिंह चौधरी, थारु महिलासभा सुनसरीकी अध्यक्ष सुशीला चौधरी लगायत थारु पत्रकारहरुको उपस्थिति रहेको थियो ।
थारु पत्रकार संघ नेपालको पाचौँ राष्ट्रिय केन्द्रीय महाअधिवेशन यही चैत २५ र २६ गते नवलपुरमा रुपमा हुने भएको छ ।













Discussion about this post