Saturday, August 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कृषि अनुसन्धान केन्द्र तरहराका ७ र भोक्राहामा रहेको विद्यालयका तीन शिक्षकविरुद्व अख्तियारमा मुद्दा दायर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०७८
in समाचार
0
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
424
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन सुनसरीका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, सुनसरीमा अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अनुसन्धानमा पुष्टि भएको भन्दै मंगलबार सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बंगुर अनुसन्धान एकाइमा इकाइ प्रमुखका रूपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरूमा शकुन्तला राई र प्रकाशकुमार यादव तथा बंगुर बेच्न प्रयोग हुने कुलिङ कार्डमा हस्ताक्षर भएको भेटिएको छ ।

साथै आयोगले अनुसनधान केन्द्रका कर्मचारी लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्णप्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठको मिलेमतोमा बंगुुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम तौल देखाइ अनियमितता गरेको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । उनीहरूले त्यसरी बिक्री गर्दा ७ लाख रुपैयाँ हिनामिना गरेको पाइएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगले अनियमिततामा संलग्न तत्कालीन इकाइ प्रमुख वरिष्ठ वैज्ञानिक रामदेव पण्डित र प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलसँग जनही ७ लाख बिगो दाबीसहित असुलउपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै, प्राविधिक अधिकृत सकुन्तला राईसँग ६ लाख ३१ हजार २ सय बिगो माग दाबी गरेको छ ।

प्राविधिक सहायक प्रकाशकुमार यादवसँग ३ लाख ३८ हजार २ सय ४० रुपैयाँ बिगो माग दाबी गरेको छ भने वरिष्ठ वैज्ञानिक निर्देशक हरिकृष्ण श्रेष्ठसँग ३ लाख ५२ हजार ४ सय ८० रुपैयाँ बिगो माग दाबी गरेको छ ।

तत्कालीन लेखा अधिकृत सोभितलाल यादवसँग ३ लाख १८ हजार ७ सय ८० रुपैया बिगो दाबी गरेको छ । त्यस्तै, तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्र तरहराका लेखा अधिकृत हाल कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटामा कार्यरत तिलक राजवंशीसँग ३ लाख १० हजार २ सय ४० रुपैयाँ असुलउपर गरी पाउन मागदाबी लिइएको छ ।

त्यस्तै, आयोगले सुनसरीको भोक्राहानरसिंह ५ स्थित श्री प्राथमिक विद्यालयका पूर्वप्रधानाध्यापक (हाल अवकास प्राप्त) सिद्धिनाथ लाल दाससहिथ तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यो पनि – भ्रष्टाचार आरोपमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका तत्कालीन प्रमुखसहित सातजनाविरुद्व अख्तियारमा मुद्वा दायर

उनीहरूमाथि सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा महावीर प्राथमिक विद्यालय सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोजकुमार चौधरी र तारणीप्रसाद खतिवडा रहेका छन् ।

श्री प्राथमिक विद्यालय भोक्राहानरसिंह ५ सुनसरीका पूर्वप्रधानाध्यपक (हाल अवकाश प्राप्त) सिद्धिनाथ लाल दास र महावीर प्राथमिक विद्यालय, वविया गाउँ विकास समिति वडा नम्बर–९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोजकुमार चौधरीले तारणीप्रसाद खतिवडासँगको मिलेमतोमा जिल्ला शिक्षा कार्यालय सुनसरी इनरुवाको लेटरप्याड, छाप तथा दस्तखत किर्ते गरी हेरफेर गरेको अनुसन्धानमा खुलेको आयोगले जनाएका छन् ।

साथै, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय इनरुवाबाट दस्तखत नमुना कार्ड नै परिवर्तन गरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा, हरिनगरा गाउँपालिका–१, सुनसरीमा रहेको सोही बैंकको खाता नम्बरमा साबिकको खाता सञ्चालक प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट सो खाता सञ्चालन गरी ५ लाख ६० हजार निकालेर हिनामिना गरेको पाइएको छ ।

उनीहरूलाई आयोगले सोहीबराबरको बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

(निराजन पौडेलले लेखेको समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।)

 

Tags: #अख्तियारक्षेत्रीय कृषि अनुसन्धान केन्द्रभ्रष्टाचार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोलबाट प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकार विस्तारमा देखिएको मन्त्रालय भागबन्डाको विवाद केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि टुंगिएको छ। नयाँ सत्तासमीकरणअनुसार एमालेले पाँच र...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

साउन २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीमा भागबन्डा टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

साउन २९, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

मोरङमा म्याद गुज्रिएका सिलिन्डरमा सिल, रिजालको ग्यासलाई २ लाख ९५ हजार जरिबाना

साउन २९, २०८३
‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1115 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    310 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.