सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिकाकामा कांग्रेस नगरसभापति भक्ति सिटौलाले आफ्नो मात्रै नाम मेयरमा सिफारिस गरेर पठाएका छन् ।
बहालवाला मेयर समेत रहेका शिवप्रसाद ढकालको नाम काटेर उनले नगरसमितिको बैठकमा आफ्नो मात्रै नाम सिफारिस गरेका हुन् ।
सिटौलाको मात्रै नाम सिफारिस गरिएपछि अहिले ढकाल पक्ष असन्तुष्ट बनेका छन् । शेखर कोइराला निकट रहेका सिटौलाले देउवा निकटका ढकालको नाम काटेर आफ्नो मात्रै नाम सिफारिस गरेपछि सुन्दरहरैँचा कांग्रेसको एक पक्ष रुष्ट बनेको हो ।
गत ०७४ को निर्वाचनमा मेयरमा जितेका ढकालको नाम काटेर आगामी बैशाख ३० गते हुने स्थानीय तहको मेयर पदमा एकल नाम पठाउनु अवैधानिक रहेको यहाँका नेताहरूको आक्रोश छ ।
यता, नगरसभापति पौडेलले भने आफ्नो नाम नगरसमितिको बहुमतबाट सिफारिस भएको दाबी गरेका छन् । उनले भने, ‘नगरसमितिको बहुमतबाट मेरो नाम मेयरमा सिफारिस भएको हो ।’
उनको मात्रै नाम सिफारिस गरिएपछि यता देउवा समूहका नेताहरूले पुनः ढकालको नाम सिफारिस गर्ने तयारी गरेको छ । उपमेयरमा भने कविता बजगाईंको नाम सिफारिस भएको छ ।
आन्तरिक गुट नमिल्दा सो समस्या आएको स्थानीय नेताहरूको भनाई छ ।














Discussion about this post