Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्थानीय तह निर्वाचन : सुनसरीमा के छ निर्वाचनको तयारी ? यसो भन्छन् सिडिओ (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
स्थानीय तह निर्वाचन : सुनसरीमा के छ निर्वाचनको तयारी ? यसो भन्छन् सिडिओ (भिडियोसहित)

कार्यक्रममा बोल्दै सुनसरीका सिडिओ ईन्द्रदेव यादव ।

189
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरी जिल्लामा १६६ वटा मतदानस्थल रहेको छ भने चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सुनसरीका १६६ वटा मतदानस्थलमा ५८१ वटा मतदान केन्द्र राखिनेगरी निर्वाचनको काम अन्तिमचरणमा पुगेको बताएका छन् ।

बिहीबार इटहरीमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजना, सुनसरी शाखाको समन्वय तथा संवाद समूहको सहकार्यमा भएको अन्र्तक्रिया बोल्दै उनले जिल्लामा रहेका मतदानस्थलमध्ये ४४ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ४२ वटा सामान्य रहेको बताए ।

सुरक्षा संवेदनशीलताका आधारमा तीन स्तरमा वर्गीकरण गरिएको उनको भनाइ छ ।

‘साबिकका निर्वाचनमा त्यहाँ भएका घटनाहरू र भुगोलको आधारमा हामीले पूर्वानुमान गरेर वर्गीकरण गरेका हौँ,’ उनले भने, ‘सबैभन्दा सामान्य राखिएको निर्वाचन स्थल पनि अति संवेदनशील हुनसक्छ, निर्वाचन भनेको ठ्याक्कै पूर्वानुमान गर्न सकिने घटना होइन ।’

सुनसरीमा दुईवटा उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् । जसमा १२४ वटा वडामा सो संख्यामा मतदानस्थल रहेको प्रजिअ यादवको भनाइ छ ।

‘एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र रहेको छ, हामीले एउटा मतदान केन्द्रमा पाँचजना कर्मचारी खटिनेगरी काम गरिरहेका छौँ,’ उनले भने, ‘जसमध्ये चार हजार ९५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।’

उनका अनुसार १,१६६ जना नेपाल प्रहरी, ५१२ जना सशस्त्र प्रहरी बल, ३३० जना नेपाली सेना, १९ जना राष्ट्रिय अनुसन्धान समूह र २०६८ जना म्यादी प्रहरी गरी उक्त संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख, कृष्णप्रसाद पौडेलले आचारसहिंताले निर्वाचनलाई स्वच्छ बनाउने बताए ।

‘निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउनका लागि आचारसहिंता बनाइएको हो, यो सबैका लागि लागू हुन्छ,’ उनले भने, ‘समाजमा सबै जातिका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने नभइ त्यस विरुद्वका क्रियाकलाप गर्ने, असर पार्ने किसिमका क्रियाकलाम नगर्न पनि आचारसहिंता बनाइएको हो ।’

उनले निर्वाचन आचारसहिंता सबैले पालना गर्नुपर्नेमा जोड दिए । मौन अवधिको समयमा कसैले प्रलोभनमा पार्ने किसिमका गतिविधि गरेपनि सचेत हुनुपर्ने बताउँदै भने, ‘मौन अवधिको समयमा कसैले प्रलोभन पार्ने किसिमका काम भएमा स्थानीय प्रहरीलाई खबर गर्नका लागि सूचित गरिन्छ ।’

भिडियो

Tags: #सुनसरी#स्थानीय तहइन्द्रदेव यादवनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1272 shares
    Share 509 Tweet 318
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    465 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.