Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा रात्रीकालीन बजार लगाउने नाममा उपमहानगरले ढाँट्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०७९
in टाकुरा विशेष, समाचार
0
कोरोना राहत, उद्धारमा छुट्याएको ५ करोड के मा खर्च भयो ? खर्चको हिसाब दिन मान्दैन इटहरी उपमहानगर
355
SHARES
Share on FacebookShare on Twitter

इटहरी : रात्रीकालीन बजार लगाउने नाममा इटहरी उपमहानगरपालिकाले ढाँटेको छ ।

०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि इटहरी उपमहानगरपालिकाको ३० औँ कार्यपालिकाको बैठकले रात्रीकालीन बजार लगाउने निर्णय गरेको थियो । बजार लगाउने नाममा उपमहानगरले विभिन्न मितिमा २२ लाख बढी रकम खर्च गरेपनि हालसम्म रात्रीकालीन बजारको उपलब्धि शून्य छ ।

०७५ सालभित्रै रात्रीकालीन बजार लगाइने बताइएको भएपनि ०७६ भदौ ३१ गते उपमहानगर परिसरमा पत्रकार सम्मेलन गर्दै उपमेयर लक्ष्मी गौतमले भनेकी थिइन्, ‘विगतमा हामीले जनतालाई ढाट्यौँ, अब काम गरेर देखाउछौँ, शान्ति सुरक्षाको प्रबन्ध हुन्छ, यहि कात्तिक भित्रमा इटहरीमा रात्रीकालीन बजार लगाउने गरी काम अगाडि बढाउँछौँ ।’

२०७६ कात्तिकभित्रमा इटहरीमा रात्रीकालीन बजार लगाउनेगरी तयारी थालिएकाले चाँडै सम्पन्न हुने बताइएको थियो । तर, हालसम्म रात्रीकालीन बजारको नाममा २२ लाख ४ हजार ५७८ रुपैयाँ खर्च गरिसकिएको छ भने उपलब्धि शून्य छ ।

इटहरी ४ मा रहेको आइतबारेदेखि टेलिकमसम्म करीब १ किलोमिटर क्षेत्रमा रात्रीकालीन बजार लगाउने गरी ‘रात्री बजार सञ्चालन व्यवस्थापन समिति’ भनेर कृष्ण भट्टराईको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिएको थियो । उनले रात्रीकालीन बजार लगाउने काम भएपनि पूर्णता नपाएको स्वीकार गरे ।

‘राम्रो प्लानिङ पनि भएन, कोभिड भएका कारण रात्रीकालीन बजार लाग्न सकेन,’ उनले भने, ‘केके काम गरियो भन्ने पनि बिर्सिसकियो, त्यहीपनि १२ लाख बराबरको काम भएको छ ।’

उनले हालसम्म १२ लाख बराबरको काम भएको बताए । जबकि, इटहरी उपमहानगरले भने हालसम्म दुई फरकफरक मितिमा २२ लाख ४ हजार ५७८ रुपैयाँ भुक्तानी गरिसकेको छ । इटहरी उपमहानगर स्रोतका अनुसार ०७६ असोज १२ गते १० लाख ४ हजार २०६ रुपैयाँ (चेक नं. १००५२४१११) रहेको छ ।

यस्तै, ०७६ पुष २९ गते १२ लाख ३७२ रुपैयाँ (चेक नं. १०३३८७१०७) रहेको छ । यसरी दुईपटक गरी उपमहानगरपालिकाले सो रकम भुक्तानी गरेपनि भट्टराईले हालसम्म १२ लाख बराबरको मात्रै काम भएको दाबी गरे ।

रात्रीकालीन बजार लगाउने नाममा भएको खर्च ।

उनका अनुसार त्यसबेला रात्रीकालीन बजार लगाउने भनिएको क्षेत्रमा १० वटा सौर्यबत्ती जडान, ८ वटा सीसी क्यामेरा जडान, बस्नका लागि फलैँचा तथा रुखहरुमा रंगरोगन गरेको थियो । उपमहानगरले ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेपनि २२ लाख रुपैयाँ बढी भुक्तानी भएपछि काम अगाडि बढेन ।

‘इटहरीको रात्रीकालीन बजार ८ बजे नै बन्द हुन्छ, बाहिरबाट आउने मानिसहरुले एउटा ब्रस किन्ने ठाउँ पनि हुँदैन,’ भट्टराईले टाकुरासँग भने, ‘रात्रीकालीन बजारका कारण यहाँको आर्थिक वृद्धिमा सपोर्ट पुग्छ, बाहिरबाट आउने मानिसलाई होल्डिङ सेन्टर पनि हुन्छ भन्ने योजनाअनुरुप बजार लगाउन खोजिएको थियो, तर कोरोनाका कारण सम्भव भएन ।’

रात्रीकालीन बजार लगाउनुअघि इटहरीको बुधबारे, संगीत चोक, काव्यबाटिका क्षेत्र र आइतबारे क्षेत्रको अनुगमन गर्दा आइतबारेमा सुरक्षाको प्रत्याभूति हुने भएकाले यहाँ बजार लगाउने उपमहानगरले निर्णय गरेपनि प्लानिङ राम्रो नहुँदा बजार नलागेको उनको दाबी छ ।

यता, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले रात्रीकालीन बजार लगाउनका लागि काम अगाडि बढेपनि कोरोनाका कारण सम्भव नभएको प्रतिक्रिया दिइन् ।

‘काम अगाडि बढेकै हो, सटर लिएर प्रहरी बिट राख्ने भनिएको थियो,’ उनले टाकुरालाई भनिन्, ‘कोभिडले गर्दा दिउँसोको बजार नै बन्द भयो, कसरी रात्रीकालीन बजार लगाउने ।’ उनले यसवर्षको चालू खर्चमा बजेट बिनियोजन गर्न सकिने भएपनि चुनावको वर्ष भएका कारण बिनियोजन नगरिएको बताइन् ।

यता, होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा पर्यटन व्यवसायी जीवन पराजुलीले पर्यटन क्षेत्रको प्रवद्र्धन हुने किसिमले योजना बनाएपनि बालुवामा पानी भएको तर्क गरे ।

उनले भने, ‘पालिकाले जुन भिजन ल्याएको थियो, त्यो राम्रो हो । तर, एउटा पर्यटनको वा व्यवसायीको विज्ञ टिमसँग समन्वय गर्नुपथ्र्यो, अहिले रात्रीकालीन बजारको अवधारणाले खुशी भएका व्यवसायी निराशामा परिणत भए ।’

उनले आफूहरुले तिरेको करबाट रात्रीकालीन बजारका नाममा उपलब्धिमूलक लगानी गरेको बताए ।

रात्रीकालीन बजारले आगन्तुक पर्यटकहरू भित्र्याउने लक्ष्य लिइएपनि उपमहानगरले बजेट मात्रै खर्च गरेकाले अहिले व्यवसायीहरुले आफूलाई उपमहानगरले ढाँटेको बताउँदै आएका छन् ।

Tags: #इटहरी उपमहानगरपालिकाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक...

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई
FEATURE BREAKING

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

by टाकुरा न्यूज । इटहरी
असार २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार...

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    457 shares
    Share 183 Tweet 114
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.