धरान : धरानबाट प्रकाशित हुने दिव्यरोशनी साप्ताहिक पत्रिका १८ वर्षमा प्रवेश गरेको छ ।
श्रमजीवी पत्रकार महिलाद्धारा सम्पादित, प्रकाशित दिव्यरोशनी साप्ताहिक पत्रिकाको १८औं वार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका तीन जना पत्रकार र एकजना सामाजिक अभियन्ता सम्मानित भएका छन् ।
पत्रिकाका सम्पादक, प्रकाशक मनिता चाम्लिङले आफ्ना दिवंगत बुवा क्वीन गोरखा इञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको नाममा स्थापना गरेको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” बाट कान्तिपुर दैनिकका प्रदीप मेन्याङ्बो र गोरखापत्र दैनिकका धरान सम्बादाता निशा राई सम्मानित भएका छन्।
यसैगरी सम्पादक चाम्लिङले आफ्ना दिवंगत कान्छा दाजु स्व. बाजुन राईको नाममा स्थापना गरेको “सृजनशील युवा पत्रकारिता सम्मान”बाट ब्लास्ट टाइम्स दैनिकका गोपाल दाहाल सम्मानित भएका छन् ।
सम्मानित पत्रकारहरूलाई जनही नगद ५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरियो । यस्तै, “उत्कृष्ट सामाजिक अभियन्ता सम्मान” बाट अपाङ्ग पुनर्स्थापना गृह धरानका प्रमुख सुनिल खड्का सम्मानित भएका थिए ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरानका मेयर तिलक राई तथा नेपाल पत्रकार महासंघ सुनसरीका जनकऋषि राई पत्रिकाका सम्पादक मनिता चाम्लिङ लगायतले दोसल्ला र सम्मानपत्र तथा नगदले सम्मानित गरे ।














Discussion about this post