विराटनगर : लामो समयदेखि रोकिएको कोशी प्रदेशसभाको बैठक पुनः सञ्चालन हुने भएको छ।
गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक भदौ ३ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक आह्वान गरेको हो। यसअघि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो।
बैठक कटहरीस्थित प्रदेशसभा सचिवालय परिसरमा निर्माण गरिएको नयाँ भवनमा बस्नेछ। नयाँ भवनमा प्रदेशसभा बैठक सञ्चालन हुन लागेको यो पहिलो अवसर हो।
लामो समयपछि बस्न लागेको बैठकमा दलित सम्बन्धी विधेयक टेबुल गर्ने तयारी गरिएको छ। उक्त विधेयकको मस्यौदा प्रदेश मन्त्रिपरिषद्ले यसअघि नै पारित गरिसकेको छ।
प्रदेशसभाको बैठक लामो समय अवरुद्ध हुँदा प्रदेश सरकारका केही विधेयक तथा नीतिगत विषय अघि बढ्न सकेका थिएनन्। भदौ ३ को बैठकसँगै ती विषयलाई पुनः संसदीय प्रक्रियामा लैजाने बाटो खुलेको छ।












Discussion about this post