इटहरी : “थट फर फुड” विश्वको अग्रगामी खाद्य र कृषिको लागि परिचीत संस्था हो ।
नयाँ पुस्ताका लागि आविष्कार र स्टार्टअप प्रवेगमा अगुवा बन्दै आएको यस संस्थाले नयाँ विचार र समाधानहरू सिर्जना गर्न उत्प्रेरित गर्दै आएको छ ।
यसले विशेषज्ञहरूलाई एक अर्काबीच जडान हुनका लागि स्थान समेत प्रदान गर्दै आएको छ ।
यसै सन्दर्भमा विविध र प्रभाव-केन्द्रित नवप्रवर्तन प्रतियोगिता खाद्य र कृषिमा ग्लोबल टिएफएएफ च्यालेन्ज २०२२ को सुरुवात २२ अप्रिल पृथ्वी दिवसमा आयोजना गर्ने तयारी गरेको छ ।
टिएफएफ चुनौती के हो?
यो प्रचलित प्रश्नलाई सम्बोधन गर्न विज्ञान र प्रविधिमा आधारित कृषि-खाद्य समाधान र विचारहरूको लागि संसारको सबै ठाउँबाट कार्य गर्न आह्वान गरिएको छ । “तातो ग्रहमा १० अर्ब मानिसहरूलाई कसरी खुवाउने ?”
टिएफएफ च्यालेन्ज धेरै वर्षदेखि चलिरहेको छ र यसले सम्पूर्ण खाद्य प्रणालीबाट उत्कृष्ट आविष्कारकहरू र स्टार्टअपहरूलाई पहिचान गरी तयार पारेको छ । यसलाई अर्को पुस्ताका उद्यमीहरूद्वारा सञ्चालित गरिएको छ ।
यसमा सहभागी हुनको लागि कम्तिमा २ व्यक्ति भएको टोली र खाद्य प्रणालीको कुनै पनि भागलाई सम्बोधन गर्न प्रभाव केन्द्रित विचार हुनुपर्ने बताइएको छ ।
यो प्रतियोगितामा सहभागी हुनको लागि यो लिंक क्लिक गर्नुहोस् https://tffdigitallabs.org/












Discussion about this post