सुनसरी : सुनसरीको कोशी गाउँपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत भीमनगर १३ लालपुर घर भइ सुनसरी कोशी गाउँपालिका ८ बस्ने रवीन्द्र शर्माको घरमा पाहुना आएका १६ वर्षीय राजेश शर्मा रहेका छन् ।
मंगलबार (आज) दिउँसो नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखेर उपचारको लागि स्थानीय क्लिनिक लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिई कानूनी प्रकृया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post