Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा कांग्रेस नेता–कार्यकर्ताको एउटै स्वर : ‘नगरमा पार्टी नेतृत्वबिहीन भयो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २४, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीमा कांग्रेस नेता–कार्यकर्ताको एउटै स्वर : ‘नगरमा पार्टी नेतृत्वबिहीन भयो’

कार्यक्रममा उपस्थितहरू ।

230
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले नगरमा पार्टी नेतृत्वबिहीन अवस्थामा पुगेको बताएका छन् ।

बिहीबार इटहरीको लायन्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले इटहरी उपमहानगरपालिकामा कांग्रेस नेतृत्वबिहीन भएको बताएका हुन्

। पार्टी सभापति हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएसँगै कार्यवाहकको जिम्मेवारी पाएका कोवितजंग कार्कीले पार्टीलाई विधान विपरीत चलाएको समेत वक्ताहरूले बताएका थिए ।

कांग्रेस सुनसरी क्षेत्र नं. २ का निवर्तमान सभापति मणिराम श्रेष्ठले प्रजातान्त्रिक पार्टी भएकाले विधिसम्बत चल्नुपर्ने बताए ।

‘पार्टीको बैठक नबसाउने, पार्टीको विधानमा नचल्ने, पार्टीलाई गोजीको पात्रो सम्झिने जस्ता कार्य गर्दा आज यहाँ भेला भएका मानिसहरूले असल बाटोमा हिड्न प्रेरित गरेको हो,’ उनले भने, ‘असल नेताहरूले असल प्रक्रियाबाट जाउन्, असल काम गरुन् भन्ने किसिमले यो सचेतना गराइएको हो ।’

कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस क्षेत्र नं. २ का निर्वतमान सभापति मणिराम श्रेष्ठ ।

उनले पार्टी नेतृत्वभित्र अहम् हुन नहुने बताउँदै भने, ‘अह्म भयो भने खरानी हुन्छ, पार्टी क्लब सञ्चालन गरेजस्तो होइन, अब इटहरी उपमहानगरमा साबिकका गाविस पनि जोडिएका छन् भन्ने भुल्नुहुँदैन ।’

महाधिवेशन प्रतिनिधि विकास केसीले कसैको विरोध गर्न भन्दा पनि कांग्रेस पार्टीको हित र संगठन बलियो बनाउन भेला राखेको बताए ।

‘समीक्षा बैठक जरुरी छ, पार्टीका केही साथीभाइ चुनावपछि निरुत्साहित छन्,’ उनले भने, ‘हामीले मेयर त जित्यौँ, तर अघिल्लो चुनावमा १२ वटा वडा जित्दा यसपटक कसरी १५ वटा वडा हा¥यौँ, यसको समीक्षा हुने कि नहुने ?’

उनले इटहरीमा कार्यवाहक सभापति कोवितजंग कार्कीले विधानविपरीत कोषाध्यक्ष नियुक्ति गरेकोमा पनि असन्तुष्टि जनाए ।

‘साथीहरूले मलाई थारुको विरोधी हो पनि भने, तर म अहिले पनि इटहरीमा थारुलाई पार्टी सभापति बनाऔँ भनेर प्रस्ताव गर्छु,’ उनले भने, ‘वीपी कोइरालाको सिद्वान्तमा हिड्ने पार्टीका साथीहरूले विधान अनुसार चल्नुपर्छ भन्ने कुरा हो ।’

कार्यक्रममा सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधि विकास केसी ।

पार्टी तेरो, मेरो नभनी सबैको बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘कतिपय चिया गफमा गुटको राजनीति गर्नेहरूले हामीलाई गुट बनाइस् भन्ने गरेको सुनेको छु, गुट हामीले बनाएका छैनौँ, हामी लोकतान्त्रिक पार्टीलाई मूल्याङ्कन गर्दै महाधिवेशनमा हारलाई स्वीकार गरेर जितेका साथीहरुलाई सघाएर सँगै हिड्छौँ ।’

प्रदेश प्रतिनिधि बबिता चौधरीले इटहरीमा सरकारले थारु जातिलाई उपेक्षा गरेको बताइन् । उनले भनिन्, ‘थारु जातिलाई इटहरी सरकारले पहिलो जातिको घोषणा गरेर ललीपप मात्रै देखायो ।’

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रतिनिधि प्रतिनिधि बबिता चौधरी ।

निर्वाचन केन्द्रीत रहँदै उनले भनिन्, ‘जहिले पनि दिनेको हात माथि नै हुन्छ, लिनेको हात तल नै हुन्छ, हामीले भोट दिएका छौँ, थारु जातिलाई उपेक्षा नगरियोस् ।’ उनले इटहरीमा थारु जातिलाई प्रथम नागरिक मात्रै होइन, संग्राहलय बनाउन आवश्यक रहेको बताइन् ।

कांग्रेस नेता जगदीश अ‍ोलीले कांग्रेसले देशैभर हामी भन्ने बिर्सिएको र म भन्न मात्रै सिकेको अवस्थामा मह गरेर चाकरी प्रथामा पुगेको बताए ।

‘राजनीतिज्ञले वर हुने कि सखुवा हुने भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘कांग्रेस पार्टी विधिबाट चलेन, कसैबाट चल्छ भन्ने विश्वास पनि लाग्न छाडिसक्यो ।’ उनले भुइँमान्छेले नै नेतृत्वलाई सुध्रनका लागि दबाब दिनुपर्ने तर्क राखे ।

कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस इटहरी नगर उपसभापति बालकृष्ण विष्ट ।

कार्यक्रम संयोजक तथा कांग्रेस इटहरी नगरका उपसभापति बालकृष्ण विष्टले पार्टीको महाधिवेशन भएको नौ महिना बितेपनि अहिलेसम्म एकैपटक पनि बैठक बस्न नसकेको बताए ।

‘हामीले पार्टी सभापतिलाई पटकपटक घचघच्याइरह्यौँ, सोही समयमा निर्वाचन नजिकियो,’ उनले भने, ‘आज इटहरीमा कांग्रेसले चुनाव लड्दै गर्दा धेरै ठाउँमा हाम्रै साथीहरूको अन्र्तघातका कारण १५ वटा वडा गुमाउनुपरेको छ ।’

उनले निर्वाचनमा नियतवशकै कारण चुनावमा हराउन लागि पर्नेहरूलाई कारबाही गर्नुपर्ने माग राखे ।

कार्यक्रममा कांग्रेस नेता सन्त डुम्जन, इटहरी १७ का निवर्तमान वडाध्यक्ष भगवानलाल साह, इटहरी २ का वडाध्यक्षका प्रत्याशी राजु बस्नेत, नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्ले लगायतले बोल्दै इटहरीमा पार्टी नेतृत्वबिहीन भएको बताएका थिए ।

 

Tags: #इटहरी#कांग्रेस#नेपाली कांग्रेसटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१२ खनारका ५६ वर्षीय जीवन दर्जी रहेका...

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    512 shares
    Share 205 Tweet 128
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.