झापा : झापाको कन्काई नगरपालिका ३ स्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
शुक्रबार मे १ त ७८३१ नम्बरको ट्याक्टरले रोकेर राखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार रहेकी कन्काई नगरपालिका ३ की ३६ वर्षीया मुना कार्की र ३४ वर्षीया कमला नेपाल घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टरका चालक २४ पर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।














Discussion about this post