रामधुनी : रामधुनी सुनसरीको रामधुनी २ स्थित पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैँचा ३ का ३२ वर्षीय डम्बरकुमार दर्जी रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १–०१–००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिशातर्फ आउँदै गरेको को २ ह ७२९९ नम्बरको अटो एकआपसमा ठक्कर हुँदा अटो चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको इटहरीको एपेक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post