इटहरी : सप्तकोसी नदी उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्रेबोटेबाट बस्तीमा पसेको छ ।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार लगातारको वर्षातका कारण कोसी नदीमा बाढी बढेकाले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो ।
बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्ती खतरामा परेको उनले बताए ।
‘यही गतिमा दुई, तीन घण्टा बस्तीमा बाढी पस्ने हो भने हजारौँ बिघा जग्गा सँगै हजारौँ बढी मानिस बिस्थापित हुन्छन्,’ उनले भने, ‘मानिसलाई कसरी सुरक्षित गर्ने भन्नेबारे हामीले सुरक्षा निकायसँग समन्वय गरिरहेका छौँ ।’
नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरेको उनले बताए । कोसीको बहाब अहिले पश्चिम धकेलिँदै गरेको स्थानीयबाट खबर आएको उनले बताए ।














Discussion about this post