Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका सडक व्यापारी आन्दोलित, भन्छन् –‘सरकारले घाँटी न्याक्ने काम ग¥यो’ (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २०, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीका सडक व्यापारी आन्दोलित, भन्छन् –‘सरकारले घाँटी न्याक्ने काम ग¥यो’ (भिडियोसहित)

शुक्रबार भेला भएका व्यापारी ।

312
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा तरकारी ब्यापार गर्दै आएका व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. ९ मा आइतबार र बुधबार लाग्दै आएको हटियाका व्यापारीहरूको व्यवस्थापन नगरीकन कोल्ड स्टोर निर्माण गर्न लागेको भन्दै व्यापारीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

हटिया लाग्ने स्थानमा शुक्रबार व्यापारीहरू भेला भएर स्थानीय सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् । उपमहानगरपालिकाले हटियामा तरकारी तथा अन्य व्यापार गर्दै आएका मानिसहरूलाई उचित व्यवस्थापन नै नगरी कोल्ड स्टोर निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

स्वतन्त्र व्यापार संघका केन्द्रीय उपमहासचिव प्रदीप तामाङका अनुसार यहाँ अहिले करीब सात सय बढी व्यापारीहरूले व्यापार गरेर जीवीकोपार्जन गर्दै आएका छन् ।

‘करीब सात सय व्यापारी छन्, व्यापारीहरूलाई व्यवस्थापन नगर्दा सबै विस्थापित हुने अवस्था छ,’ उनले भने, ‘सडक व्यापारीको व्यवस्थापन नहुँदा आक्रोशको अवस्था सृजना भएको छ, स्थानीय सरकारले व्यवस्थित नगरी कोल्ड स्टोर निर्माण गरिनु अत्यन्त खेदजनक छ ।’

उनले सरकारले कोल्ड स्टोर निर्माण गर्ने योजना ल्याउनु अहिलेको आवश्यकता नरहेको बताए । ‘अहिलेको आवश्यकता कोल्ड स्टोर होइन, दिनभर तरकारी बेचेर साँझमा छाक टार्ने परिवारको समस्या समाधान हुन आवश्यक छ,’ उनले थपे, ‘श्रमजीवी भोकै हुने र उनीहरूले जीवीकोपार्जन गर्ने कुरामा सरकार प्रतिवद्व हुनुपर्छ ।’

व्यापारीलाई व्यवस्थित गरेर कोल्ड स्टोर निर्माणको प्रक्रिया अगाडि बढाइनुपर्ने उनले बताए ।

स्वतन्त्र व्यापार संघकै उपाध्यक्ष कृष्णप्रसाद वस्तीले इटहरीमा सडक व्यापारीको व्यवस्थित नगरीकन हटियाबाट बिस्थापित गर्न खोज्नु भनेको सरकारले घाँटी न्याक्ने काम गरेको बताए ।

‘हटिया उठ्दाखेरि हाम्रो रोजीरोटी खोसिने भयो, त्यो अवस्थाको सृजना इटहरी सरकारले ग¥यो,’ उनले भने, ‘हाम्रो जाने ठाउँ कहिँ छैन, हिलो घुँडासम्म आउँदापनि हामीले निरन्तर व्यापार गरेका छौँ, सरकारले टहरा समेत निर्माण गर्न सकेको छैन ।’

उनले आफूहरूले तिरेको करबाट आज बजार खोसिदैँ गएको बताए । उनले भने, ‘हामीलाई नगरपालिकाले घाँटी दबाउँदैछ, ऐया, आत्था भनेर उफ्रिराखेका छौँ, हामी मजदुरको आवाज कसले सुनिदिने ?’

तरकारी व्यापार गर्दै आएकी लीलादेवी काफ्लेले दैनिक व्यापार गरेर जीवीकोपार्जन गर्दै आएकामाथि अन्याय भएको तर्क गरिन् । उनले भनिन्, ‘हाटबजार सारेर कहाँ जाने ? गरेर खाने ठाउँ छैन, दैनिक कर तिरिराखेको छ, दुई मुठा निगुरो बेच्नेले पनि कर तिर्नुपर्छ ।’

उनले आफूहरूले तिरेको दैनिक करको अपमान भएको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म तिरेको करको पैसा कहाँ गयो ? रसिद पनि दिदैँन ।’

उनका अनुसार हटियामा बसेर तरकारी बेच्दै आएका व्यापारीहरूले ८०, १०० र १२० रुपैयाँसम्म कर तिर्दै आएका छन् ।

३५ वर्षदेखि तरकारी ब्यापार नै गर्दै आएकी मैफुल खातुनले अहिले लाग्दै गरेको हटियाका व्यापारीलाई व्यवस्थित नगर्ने हो भने आफ्ना छोराछोरीको लालनपालनमै समस्या हुने बताइन् । ‘समस्यै समस्या छ, आरामले व्यापार गर्न पनि पाइदैँन,’ उनले भनिन्, ‘अहिलेको हटिया उठ्यो भने रोजीरोटी नै गुम्छ, ६ जना बच्चाको लालनपालन कसरी गर्नु ?’

अर्की व्यापारी सङ्गीता कार्कीले हटिया व्यवस्थापनमा सरकारले उदासिनता देखाएको बताइन् । ‘यो ठाउँ कुनै सरकारको सम्पत्ति होइन, यहाँ हामीले लगानी गरेका छौँ,’ उनले भनिन्, ‘हटियाको अवस्था उस्तै छ, श्रमिकको समस्या उस्तै ।’ उनले दैनिक रूपमा तिरेको बट्टीबाटै व्यापारी मर्कामा परेको सुनाइन् ।

मजदुरको टाउको बेचेर महल ठड्याउने कार्य आफूहरूलाई स्वीकार्य नभएको उनले बताइन् ।

यता, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले अहिले लाग्दै आएको करको दायरामा समायोजन गरिने बताए । उनले भने, ‘हामी पनि दुविधामा छौँ, व्यवस्थापन गरेरै अगाडि जाने कुरा भएको छ,’ उनले भने, ‘जीवीकोपार्जन यहीँबाट चलेको छ, रोजीरोटी खोसिने भएकाले यसको व्यवस्थापन गर्नका लागि हामी सकारात्मक छौँ ।’

उनले व्यवसाय र विकासलाई सँगसँगै लिएर जानुपर्ने बताउँदै ट्याङ्ग्रा खोला वारिपट्टीको बधशालामा व्यवस्थित गरेर हटिया कुरामा छलफल चलिरहेको बताए ।

उनका अनुसार अहिले हटिया लाग्दै आएको ठाउँमा २५ करोड लागतमा कोल्ड स्टोर बन्न लागेको हो ।

भिडियो

Tags: #इटहरीटाकुरा विशेषसडक व्यापारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१२ खनारका ५६ वर्षीय जीवन दर्जी रहेका...

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    512 shares
    Share 205 Tweet 128
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.