Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीमा नयाँ आएका एसपीको यस्तो छ योजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २५, २०७९
in टाकुरा विशेष, समाचार
0
सुनसरीमा नयाँ आएका एसपीको यस्तो छ योजना
532
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी जिल्लामा भर्खरै आएका नेपाल प्रहरीका उपरीक्षक (एसपी) प्रभु ढकालले यहाँ देखिएका विद्यमान समस्या निर्मूलीकरण पार्नमा आफ्नो महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख (एसपी) सञ्जयसिंह थापाको सरुवा भएपछि ढकालले सुनसरी प्रहरीको कमान्डर सम्हालेका हुन् । उनले सुनसरीमा अहिले देखिएको लागूऔषध कारोबार, चोरी तस्करी, झैझगडालाई निर्मूलीकरण पार्नमा आफ्नो महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।

‘सुनसरीमा मैले धेरैतिरबाट सूचना पाएअनुसार यहाँ लागूऔषध कारोबारीको संख्या बढ्दो रहेको पाएको छु,’ एसपी ढकालले भने, ‘लागूऔषध ओसारपसार गर्नेलाई खोजीखोजी पक्राउ गर्ने, कारबाहीको दायरामा ल्याउने र अन्य मानिसहरूलाई यसबाट हुने हानीबारे सचेतना गराउने अभियान सञ्चालन गरिनेछ, लागूऔषध कारोबारीको गम्भीर रूपमा अनुसन्धान हुन्छ ।’

उनले लागूऔषध कारोबारी तथा प्रयोगकर्तालाई बढावा दिने गतिविधि गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिने बताए । उनले भने, ‘आम समुदायमा, विशेषगरी युवा वर्गमा लागूऔषध विरुद्व सचेतना कार्यक्रम र स्कूल, कलेजमा पनि यस्ता किसिमका कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’

सुनसरी जिल्ला सीमावर्ती जिल्ला भएका कारण पनि यहाँबाट हुने चोरी, निकासी तथा भन्सार छली जस्ता समस्यामा आफू गम्भीर रहेको सुनाए । ‘खुल्ला सीमानाबाट हुने चोरी निकासी तथा भन्सार छलीका कुरामा गम्भीर छु,’ उनले टाकुरासँग भने, ‘मैले पालिकास्तरमा र प्रत्येक चौकीहरूमा यस्ता किसिमका गतिविधि हुन नदिन निर्देशन पनि दिएको छु ।’

पछिल्लो समय सरकारले मंसिर ४ लाई चुनावको घोषणा गरेसँगै खुल्ला सीमनाबाट हातहतियार समेत भित्रन सक्ने भन्दै उनले त्यसतर्फ पनि आफू सचेत रहेको एसपी ढकाल बताउँछन् । उनले भने, ‘चुनावलाई लक्षित गरी हातहतियार भित्रन नदिनका लागि सबै निकायसँग समन्वय भइरहेको छ ।’

उनले चुनावलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउनका लागि निर्वाचन सुरक्षा योजना बनाउने तयारी भइरहेको बताए । ‘पालिका स्तरमा सुरक्षा सम्बन्धि ज्ञान दिनका लागि निर्वाचन सुरक्षा योजना बनाउने तयारी गरिरहेका छौँ,’ उनले थपे ।

पछिल्लो समय चाडपर्व समेत नजिकिदैँ गएकाले नकारात्मक गतिविधि हुन नदिनका लागि पनि आफू गम्भीर रहेको एसपी ढकालले सुनाए ।

चाडपर्वमा सुनसरीका मुख्य सहरहरू इटहरी, धरान जस्ता ठाउँमा गुण्डागर्दी हुने, जुवातासको खेल हुने, ग्याङ फाइटसम्म हुने भएकाले आफूले त्यस्ता नकारात्मक गतिविधि हुन नदिन मुख्य भूमिका चाल्ने ढकालले बताए ।

‘चाडपर्व नजिकिएकाले इटहरी, धरानमा हुने गुण्डागर्दी, जुवातास नियन्त्रण, ग्याङ फाइटका कुरामा पनि हामी नियन्त्रणमा लिन्छौँ,’ उनी भन्छन्, ‘चाडपर्वमा मादक पदार्थ सेवन गरी हाईवेमा ओभर स्पीड सवारी चलाउनेमाथि पनि ट्राफिकसँग समन्वय भएर कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

उनले गाउँघरमा अझैपनि महिला, बालबालिका तथा जेष्ठ नागरिकहरू असुरक्षित रहेको बताउँदै भने, ‘समग्रमा विद्यमान मनोसामाजिक अवस्थालाई परिवर्तन गर्दा शान्तिसुरक्षा कायम हुन्छ भने, त्यसतर्फ अन्तरक्रिया, सचेतनाका कार्यक्रम समुदायसम्म पु¥याउन हामी सकारात्मक छौँ।’

जिल्लामा दिनहुँजसो लागूऔषध प्रयोकर्ता र कारोबारी पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकमा रहेको उनले बताए । बढ्दो सहरीकरणसँगै सुनसरीमा लागूऔषध कारोबारीलाई निर्मूलीकरण पार्नका लागि प्रहरीलाई चुनौती रहेको छ ।

Tags: #सुनसरी प्रहरीटाकुरा विशेषप्रभु ढकाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?
FEATURE BREAKING

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

by सुमन रेग्मी
भदौ २७, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ । नगर सभापतिका लागि...

बाढीपीडितको राहतमा जुट्यो तरहरा
विविध

बाढीपीडितको राहतमा जुट्यो तरहरा

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख...

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.